spot_img

पाँचथरमा भएको सामूहिक हत्याको अनुसन्धान गर्न सीआईबीको टोली हिँड्यो ।

spot_img
spot_img

काठमाडौँ ७ जेष्ठ — पाँचथर मिक्लाजुङ ३, आरुबोटेको सामूहिक हत्याको छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले गर्ने भएको छ ।

हत्या प्रकरण रहस्मय बनिरहेका बेला प्रहरीले केन्द्रीय अनुसन्धान व्युरो सीआईबीका एसपी उमाशंकर चतुर्वेदीको नेतृत्वमा अनुसन्धान गर्न लागेको हो।

पाँचथर घटनाबारे अनुसन्धान गर्ने जिम्मा पाएका चतुर्वेदी टोली लिएर घटनास्थल तर्फ लागेको प्रहरी स्रोतले जनाएको छ ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ मा सोमबार राति २ परिवारका ९ जनाको धारिलो हतियार प्रयोग गरी विभत्स हत्या भएको थियो । अज्ञात समूहले बमबहादुर फियाक र धनराज शेर्मा परिवारका ९ जनाको विभत्स हत्या गरेको हो । उनीहरु नाताले ज्वाइँ–ससुरा हुन् ।

सो घटनामा १ किशोरीले भागेर आफनो ज्यान जोगाएकी छिन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय