[ndc-today-date]
[ndc-today-date]

गम्हरिया फाउन्डेसनद्धारा श्री चण्डी...

बारा, ६ वैशाख । फेटा गाउँपालिकामा आयोजना हुने श्री चण्डी माई मेलाको व्यवस्थापनलाई...

बीरगन्जमा नेविसंघको ५५औं स्थापना...

बीरगन्ज, ६ वैशाख । नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५५औं स्थापना दिवस बीरगन्जमा...

शिक्षक महासंघको आकस्मिक बैठक...

काठमाडौं, ६ वैशाख । नेपाल शिक्षक महासंघले आज (शनिबार) दिउँसो सवा ३ बजे...

लामिछानेले चितवनमा एक रुपैयाँको...

काठमाडौं, ६ वैशाख । नेकपा (एमाले) का नेता तथा पूर्व सांसद कृष्णभक्त पोखरेलले...
spot_imgspot_imgspot_img
21.1 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

४८ ओटा म्यानपावर कम्पनीको अनलाइन कारोबार बन्द

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ ७ जेष्ठ — वैदेशिक रोजगार विभागले ४८ वटा म्यानपावर कम्पनीको अनलाइन कारोबार बन्द गरेको छ । विवरण अद्यावधिक नगर्ने ४८ म्यानपावर कम्पनीको अनलाइन कारोबार बन्द गरेको विभागले जनाएको छ ।

- Advertisement -

तोकेको समयभित्र आफ्नो विवरण अद्यावधिक नगरेको भन्दै विभागको सूचना प्रणालीमा अनलाइन कारोवार बन्द भएको जनाइएको छ ।

वैशाख २३ देखि जेठ ३ गतेसम्म म्यानपावर कम्पनीलाई विवरण अद्यावधिक गर्न समय दिइएको थियो । यो समयभित्र विवरण अद्यावधिक नगर्ने म्यानपावर कम्पनीको अनलाइन मार्फत सञ्चालन हुने सम्पूर्ण कारोबार बन्द गर्ने विभागले चेतावनी पनि दिएको थियो ।

- Advertisement -

कारोबार बन्द भएपछि ती कम्पनीले वैदेशिक रोजगारसँग सम्बन्धित कार्य गर्न नपाउने विभागका सूचना अधिकारी भोलानाथ गुरागाईँले जानकारी दिनुभयो ।

म्यानपावर कम्पनीले आफ्नो कम्पनीका कर्मचारीको विवरण र शाखा सञ्चलन लगायत विवरण सूचना अद्यावधिक गर्नुपर्ने थियो । विभागमा एक हजार ५२७ कम्पनी दर्ता भएकामा अहिले एक हजार २४० मात्र सञ्चालनमा छन् । विभागले यसअघि नियम विपरीत काम गर्ने २०७ वटा म्यानपावर कम्पनीको दर्ता खारेज गरेको थियो ।

ताजा समाचार

spot_img

थप समाचार