Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

जेल भिडन्तमा ३२ को मृत्यु

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

ताजकिस्तानको एक जेलमा भएको भिडन्तमा कम्तीमा ३२ व्यक्तिको मृत्यु भएको छ ।

- Advertisement -

जेलभित्र भएको दंगामा मारिएका यी व्यक्तिहरूमा २४ जना इस्लामिक स्टेट (आईएस) समूहका सदस्य र तीनजना सुरक्षा गार्ड रहेको अधिकारीले सोमबार जानकारी दिएका छन्।

ताजकिस्तानको राजधानी दुसान्बेनजिकै रहेको कारगारमा आइतबार साँझ आईएसका लडाकुले शुरु गरेको झडपमा पाँच कैदी, तीन गार्ड र २४ जना आईएस आतंककारी मारिएका यहाँको न्याय मन्त्रालयले जनाएको छ ।

- Advertisement -

यस घटनाको अनुसन्धान भइरहेको बताइएको छ। समाचार विस्तृत विवरण भने प्राप्त नभएको जनाइएको छ । न्यनय मन्त्रनलयका अनुसार आईएसका लडाकुले चक्कु र धारिलो हतियारले कैदी र सुरक्षाकर्मीमाथि आक्रमण गरेका थिए। आक्रमणकारीमध्ये एकजना बेखरुज गुलमुरोद भएको बताइएको छ ।

बेखरुज ताजकिस्तानको विशेष सुरक्षाबलका पूर्व कर्नेल गुलमुरोद खलिमोवका छोरा हुन्। उनी आईइसमा संलग्न भई जेल जिाय पाएका व्यक्ति हुन्। गुलमुरो खलिमोव पनि आईएसमा भर्ना भएका थिए र सन् २०१५ मा सिरियामा मारिएका थिए ।

उक्त जेलमा १ हजार ५ सय कैदी छन्। आक्रमणकमा बेला घाइते भएका कैयौं कैदीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। सिरिया र इराकका केही भाग आईएसको नियन्त्रणमा छन् ।

आईएसले गत नोभेम्बरमा पनि यहाँको जेलमा आक्रमण गरेको थियो । लामो समयसम्म सोभियत रूसको प्रभुत्व रहेको ताजकिस्तानका कैयौं युवा आईएसमा भर्ती हुँदै गरेका छन् ।

ताजा समाचार

spot_img

थप समाचार