बिहिबार, माघ २४, २०८१
Thu, February 6, 2025
बिहिबार, माघ २४, २०८१
Thu, February 6, 2025

५४ लाख धरौटीमा लामिछानेलाई...

चितवन, २४ माघ । साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका...

डब्ल्यूएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा,...

एजेन्सी, २४ माघ । ब्यूनस आयर्स — अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)...

मधेशमा प्रदेश लोकसेवाद्धारा ५२...

जनकपुर, २४ माघ । मधेश प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती वन सेवाको सहायक...

बाराको इटियाहीमा श्री शिवशक्ति...

वीरगन्ज,२४ माघ । बाराको विश्रामपुर गाउँपालिका-५ इटियाहीमा बिहीबारदेखि श्री शिवशक्ति कोटी होम महायज्ञ...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
10.7 C
Birgunj
spot_imgspot_imgspot_img

भ्रष्टाचार प्रमाणित भए झुण्डिएर मर्न तयार छु : कुलमान घिसिङ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिएका छन् । कार्यकारी निर्देशक घिसिङले नेपाल विद्युत प्राधिकरणभित्र भ्रष्टाचार भएरनभएको सत्यतथ्य बाहिर ल्याउन छानविन समिति गठन गरिएको पनि स्पष्ट पारेका छन् ।
मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा टंक लाईन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप लगाएपछि उनले त्यो आरोप प्रमाणित भए आफू झुण्डिएर मर्न तयार रहेको चेतावनी दिएका हुन् ।

- Advertisement -

कार्यकारी निर्देशक घिसिङले सांसद मोदीलाई सांसद भए भन्दैमा जथाभावी आरोप लगाउने काम नगर्न पनि सचेत गराए । उनले प्राधिकरणले बिलिङ गर्दा कुनै गल्ती गरेको भए त्यसलाई छानविन गरेर सत्यतथ्य बाहिर ल्याउन दुईवटा छानवीन समिति गठन गरेर कामलाई अघि बढाइएको पनि स्पष्ट पारेका थिए ।

यता, समितिका सदस्य एवम् सत्तारुढ नेकपाका सांसद मोदीले कार्यकारी निर्देशक घिसिङले आफूले लोडसेडिङमुक्त गरेको दम्भ देखाएर भ्रष्टाचार गरिरहेको आरोप लगाए । उनले त्रिशुली जलविद्युत आयोजनाको काम रोके लगेर थुनिदिने चेतावनी दिने अधिकार प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई कसले दियो रु भनि गम्भिर प्रश्न पनि उठाए । सांसद मोदीले कार्यकारी निर्देशक घिसिङ भ्रष्टाचारमा मुछिएको दावी गर्दै तत्काल छानवीन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग पनि माग गरे ।

- Advertisement -

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा टंक लाईनबाट विद्युत उपयोग गर्ने उद्योगीहरुबाट बक्यौता रकम असुली गर्ने पत्राचार गरेपछि त्यो कानुनसम्म नभएको भन्दै उद्योगी व्यापारीहरुले पनि विरोध गर्दै आएका छन । यता, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने नियम अनुसारनै तिर्नुपर्ने शुल्क तीर्न उद्योगीरव्यवसायीहरुलाई पत्राचार गरिएको बताएका थिए ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार