मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.9 C
Kathmandu
19.4 C
Kathmandu
25.3 C
Birgunj

प्रहरी जवानको मोटरसाइकल दुर्घटनामा मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बर्दिया ८ जेष्ठ — रोकिराखेको ट्याक्टरको ट्रलीमा मोटरसाइकल ठोक्किँदा बर्दियामा एक जना प्रहरी जवानको मृत्यु भएको छ ।

- Advertisement -

बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर १ खैरापुर घर भएका ३२ वर्षीय प्रहरी जवान अवधेश कुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए ।

यादवले चलाएको ८ प ७८९ नम्वरको मोटरसाइकल गुलरिया नगरपालिका–३ निमकोठियामा रोकिराखेको टयाक्टरको ट्रलीमा मंगलबार राति ११ बजे ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारका लागि नेपालगञ्ज नर्सिङ्ग होममा लगिएको थियो । तर, मध्यराती १२ बजेको करिब उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

- Advertisement -

काठमाडौंको रानीपोखरीमा दरवन्दी भै महानगरीय प्रहरी बिट कालिमाटीमा कार्यरत प्रहरी जवान यादव बिहेका लागि छुट्टिमा घर आएका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -