पेट्रोलियम कर घटाउन सांसद सोम शर्माको माग

spot_img

काठमाडौँ,२२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोम शर्माले पेट्रोलियम पदार्थमा लगाइएको उच्च करका कारण जनताको क्रय शक्ति कमजोर भएको भन्दै कर समायोजन गर्न सरकारसँग माग गरेका छन्।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले इन्धनको मूल्यवृद्धिले समग्र बजारमा महँगी बढाएको र त्यसको प्रत्यक्ष असर उपभोक्ता तथा व्यापारमा परेको बताए।

सांसद शर्माले सरकारको कर नीतिप्रति प्रश्न उठाउँदै भने, “पेट्रोलियम पदार्थमा धेरै कर लिइएको छ। अलिकति मात्र कर घटाए पनि मूल्य घट्छ र जनताले राहत पाउँछन्।”

उनले इन्धन महँगो हुँदा ढुवानी खर्च बढ्ने, जसले दैनिक उपभोग्य वस्तुहरूको मूल्य पनि वृद्धि हुने भएकाले बजारमा मन्दीको जोखिम बढिरहेको उल्लेख गरे।

बैठकमा उनले संसदीय समितिका निर्देशनहरू व्यवहारमा कार्यान्वयन नहुने प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाए। निर्देशन दिइए पनि कार्यान्वयनको अवस्था स्पष्ट नभएको भन्दै उनले सम्बन्धित निकायसँग विवरण माग गरेका थिए।

उनको भनाइमा, अब केवल निर्देशन दिने होइन, ती निर्णय कार्यान्वयन सुनिश्चित गर्ने प्रभावकारी प्रणाली आवश्यक छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय