शुक्रबार, फाल्गुन २, २०८१
Fri, February 14, 2025
शुक्रबार, फाल्गुन २, २०८१
Fri, February 14, 2025

प्याब्सन पर्साले आयोजना गर्ने...

प्याब्सन पर्साले आगामी फागुन ५ गतेदेखि सुरु हुने नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२०...

पेन्सन बन्चित शिक्षक संघर्ष...

बीरगन्ज,०२ फागुन । पेन्सन बन्चित शिक्षक संघर्ष समिती पर्साले आज बीरगन्ज महानगर कमिटि...

खानेपानी मन्त्री यादवको निर्देशनमा...

बीरगन्ज,०२ फागुन ।  खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको बीरगन्ज महानगरपालिकामा नयाँ खानेपानी...

वीरगन्जमा मानव बेचविखनमा संलग्न...

वीरगन्ज,०२ फाल्गुन । पर्सा प्रहरीले मानव बेचविखनमा सलंग्न आरोपमा दुई जनालाई पक्राउ गरेको...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
11.6 C
Birgunj
spot_imgspot_imgspot_img

प्रहरीको गोली लागेर विप्लव समूहका कार्यकर्ताको मृत्यु

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

भोजपुर । प्रहरीको गोली लागेर घाइते भएका नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताको मृत्यु भएको छ । मंगलबार अपराह्न भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका– २ मैयुङ्ग क्षेत्रको धोत्रेमा प्रहरीको गोली लागेर विप्लव समूहका कार्यकर्ता तीर्थराज घिमिरे घाइते भएका थिए ।

तिघ्रामा गोली लागेर घाइते भएका भोजपुरको षडानन्द नगरपालिका–२ कुदाककाउलेका ३२ वर्षीय घिमिरेको बुधबार बिहान ३ बजे उपचारको क्रममा धरानमा मृत्यु भएको हो ।

भोजपुरका विभिन्न क्षेत्रमा हतियारधारी समूह सक्रिय रहेको सूचनाका आधारमा १ नम्बर प्रदेशको प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय भोजपुरको टोली गस्तीमा निस्किएको थियो । गस्तीमा रहेको प्रहरी टोली र करिब १५ जनाको समूहका रहेका विप्लवका कार्यकर्ताबीच मैयुङ्ग डाँडामा जम्काभेट भएको जनाइएको छ ।

प्रहरी देखेपछि अरु सबै जंगलतर्फ भागेपनि घिमिरेले भने कम्मरमा बाँधेको हतियारले प्रहरीतर्फ आक्रमण गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले जवाफी फायरिङ गर्दा घिमिरेको तिघ्रामा गोली लागेको थियो । गोली लागेर गम्भीर घाइते भएका घिमिरेलाई एम्बुलेन्समार्फत उपचारका लागि धरान ल्याइए पनि हिले–भोजपुर सडक भैसीपंखा खण्डमा परेको पहिरोका कारण समयमै अस्पताल पु¥याउन नसकिएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

spot_img

थप समाचार