spot_img

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

spot_img
spot_img

२५ जेठ – दमाैलिमा घरकै आँगनमा खेलिरहेकी भानु २ भकुन्थोककी एक बालिकाको चितुवाको आक्रमणबाट शुक्रबार राती ज्यान गएको छ। आँगनमा खेलिरहेकी स्थानीय नौ वर्षीया पुष्पा अधिकारीलाई जंगलबाट आएको चितुवाले घिसारेर केही पर लगे पछि आक्रमण गरेको प्रहरीले बताएको छ।

आँगनमै चप्पल छुटेकी अधिकारी बेपत्ता भएपछि परिवारले खोजी गर्दा घरभन्दा पाँच सय मिटर पर जंगलमा मृत भेटिएकी थिइन्। मृतक बालिकाको घाँटीमा चिथोरेको डाम मात्र भेटिएको ईलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रहरी निरीक्षक निरज डाँगीले बताए।

यसअघि पनि भानु नगरपालिकाकै सोही क्षेत्रमा जंगली चितुवाको आक्रमणबाट ज्यान  गैसकेको छ। एउटा चितुवाको हालै मृत्यु भए पनि फेरि आक्रमण हुनुले त्यस क्षेत्रमा धेरै चितुवा रहेको हुनसक्ने देखिएको वन डिभिजन प्रमुख केदार बरालले बताए।

spot_img

ताजा अपडेट

लोकप्रिय