spot_img

धोनीलाई सन्न्यासको दबाब

spot_img
spot_img

विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित भएसँगै भारतीय विकेटकिपर महेन्द्रसिंह धोनीलाई सन्न्यास लिन दबाब परेको छ। धोनीले यो आफ्नो अन्तिम विश्वकप हुने र विश्वकपपछि सन्न्यास लिने संकेत यसअघि नै गरेका थिए। तर, ३८ वर्षका धोनीले सन्न्यासबारे अहिलेसम्म थप केही बताएका छैनन्।

सन् २०१४ मै टेस्ट क्रिकेट छाडे पनि उनले एकदिवसीय र ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेल्दै आएका छन्। सन् २०११ मा भारतले विश्वकप जित्दा कप्तान रहेका धोनीले ३ सय ५० एक दिवसीय क्रिकेटमा १० हजार ७ सय ७३ रन बनाएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय