spot_img

पर्साको बिन्दवासिनीका वडाध्यक्ष चौहानलाई स्थानियहरुले गरे रामधुलाई र थापालाई चप्पलको माला

spot_img
spot_img

वीरगंज ३० साउन —पर्साको बिन्दवासिनी गाउँपालिकाको वडा नं. २ बहुअर्वाका वडाध्यक्ष संजय चौहान माथी हातपात भएको छ ।

सोधपुछको क्रममा वडाध्यक्ष चौहानले अपशब्द प्रयोग गरेकाले आक्रोशित स्थानियहरुले कुर्सी फाल्नुको साथै दुव्र्यवहार गरेका थिए ।

स्थानियहरुको एक समुहले बुधबार वडा कार्यालय मै पुगि वडाध्यक्ष चौहान माथी हातपात गर्दै दुव्र्यवहार गरेको भिडियो समेत सार्वजनिक भएको छ । स्थानिय कृष्ण ठाकुरको अगुवाईमा वडा कार्यालयमा पुगेका समुहले वडाध्यक्ष चौहानसंग वडामा भएको विकास निर्माणको बारेमा सोधपुछ गरेको थियो ।

केही समय पहिला मात्र बिन्दवासिनी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष सलमा खातुनका श्रीमान हनिफ अन्सारी माथी पनि बिकास निर्माण कै विषयमा विवाद हुदा कुटपिट भएको थियो ।

बिगत केही दिन देखि पर्साको स्थानिय तहको जनप्रतिनिधि प्रती बढि रहेको अबिश्वास र भ्रष्टाचार विरुद्धमा स्थानीय आमजनता अगाडि सरेको देखिन्छ । चौहान नेकपाबाट निर्वा्चित वडाध्यक्ष हुन ।यसै गरि कार्यालयमा काम गरिरहेका म्यादीको बेनी नगरपालिका २ का वडाध्यक्ष हिराबहादुर थापालाई मोसो र चप्पलको माला लगाएर दुर्व्यवहार गरिएको छ।

बिहीबार बिहान ११ बजे वडा कार्यालयमा काम गरिरहेका थापालाई मोसो र माला लगाइएको हो।

मोसो लगाउने समूहको पहिचान भइनसकेको तर नेत्र विक्रम चन्द विप्लव समूहले लगाएको हुन सक्ने आशंका गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए।

‘वडा कार्यालय विप्लव समूह सम्बद्ध व्यक्तिहरूको संलग्नता हो कि भन्ने छ’, उनले भने, ‘मोसो लगाउने समूहको खोजी कार्य भइरहेको छ।’ वडाध्यक्ष थापालाई विप्लव समूहले विद्यालय लगायतमा भ्रष्टाचार तथा अनियमितताको आरोप लगाउँदै आएको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय