spot_img

मधेश प्रदेश सरकारले ल्याएको अध्यादेश विधेयक सर्वसम्मतले पारित

spot_img
spot_img

जनकपुर,२९ चैत । मधेश प्रदेश सरकारले ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक सर्वसम्मतले पारित भएको छ ।

मंगलबार बसेको प्रदेशसभा बैठकबाट दुबै अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक सर्वसम्मतले पास भएको सभामुख उपमा देवले सदनलाई जानकारी दिएकी हुन् ।

प्रदेश सरकारले ल्याएको अध्यादेश प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ र प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ लाई प्रतिस्थापन गर्न प्रदेशसभामा विधेयक ल्याइएको थियो ।

दुबै अध्यादेश प्रदेशसभाबाट पारित भएपछि प्रदेशसभा बैठक २ बजेर ३० मिनेटसम्मका लागि स्थगित भएको हो ।

spot_img

ताजा अपडेट

लोकप्रिय