spot_img

नागरिकता प्रकरणमा अख्तियारको मुद्दा दर्ताप्रति मेयरको आपत्ति, ‘क्षेत्राधिकार नाघेर दुःख दिन खोजियो

spot_img
spot_img

वीरगञ्ज । छोरीको नागरिकता बनाउने प्रक्रियासँग सम्बन्धित विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेपछि सम्बन्धित पक्षले त्यसप्रति गम्भीर आपत्ति जनाएको छ।

मेयर पक्षले जारी गरेको प्रतिक्रियामा आफू भ्रष्टाचारको आरोपमा नभई नागरिकता बनाउने क्रममा सेवाग्राहीको भूमिकामा रहेको दाबी गरेको छ। विज्ञप्तिमा नागरिकता बनाउँदा सेवाग्राहीले अख्तियारको अधिकार दुरुपयोग गर्न नसक्ने उल्लेख गर्दै भ्रष्टाचारको आधारमा मुद्दा दर्ता गरिएको नभएको जिकिर गरिएको छ।

उक्त विषयमा यसअघि नै पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भई आफू रिहा भइसकेको तथा मुद्दा विचाराधीन अवस्थामै रहेको दाबी गर्दै सोही विषयमा अख्तियारले क्षेत्राधिकार नाघेर इतिहासमै पहिलो पटक मुद्दा दर्ता गरेको आरोप लगाइएको छ।

प्रतिक्रियामा अख्तियारले अब विदेशी नागरिक तथा झुटा विवरण पेश गरी नागरिकता लिएका सबै प्रकरणमा समान रूपमा भ्रष्टाचार मुद्दा दायर गर्नुपर्ने चुनौतीसमेत दिइएको छ। नागरिकता सम्बन्धी विषयमा अख्तियारको भूमिका सिफारिससम्म सीमित रहने दाबी गर्दै राज्यशक्तिको दुरुपयोग भएको आरोप पनि लगाइएको छ।

मेयर पक्षले आफूहरू न्यायिक प्रक्रियामा सहभागी हुने र न्यायालयप्रति पूर्ण विश्वास रहेको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय