spot_img

नागरिकता विधेयक फिर्ता नलिए देशैभरि आन्दोलन हुन्छ : राजेशमान सिंह ( भिडियो सहित )

spot_img
spot_img

वीरगन्ज,१३ असार – तत्कालिन राजपा नेपालका पर्सा अध्यक्ष तथा हाल जनता समाजवादी पार्टीका नेता राजेशमान सिहले महिलालाई विवेद गर्ने हिसावले तयार गरिएको नागरिकता विधेयक सरकारले फिर्ता नलिएर मधेशमा फेरी ठूलो आन्दोलन हुस सक्ने सकेत गरेका छन् । वहाँले यो पालीको आन्दोलन मधेशमा मात्र नभएर देशैभरि हुने चेतावनी दिएका छन् । एनपी टिभिसँग कुराकानी गर्दै सिहले नागरिकता विधेयकले महिलालाई बिभेद गरेको तथा पछाडी पार्न खोजिएको बताउँनु भयो । भारतिय चेलीसँग विवाह गर्दा उनीहरुलाई केहि अधार दिनु पर्ने हाम्रो माग छ ।

भारतसँग भई रहेको सिमा बिवादको बिषयमा सोधिएको प्रश्नमा उनले सिमा बिवादमा सबै पार्टीले सत्तापक्षलाई सहयोग गरेको बताउँदै भारतले सिमा मिचेको बिषयमा मात्र सरकारले बोलेको तर चाइनाले पनि सिमा मिचेको र त्यस् बिषयमा सरकारले कुनै पहल नगरेकाे वताए । मधेसीहरु पनि राष्ट्रिवादी हुन्, तर खोक्रो राष्ट्रिवादको नारा लगाउनेहरु भारतले सिमा मिचेको नक्सामा मात्र देखाइ चर्चा गर्ने तर चाइनाले सिमा मिचेकोमा सरकार केहि नबाेलनु उचित छैन ।

कुराकानीको क्रममा नक्सामा देखाएर मात्र सिमा फिर्ता हुन नसक्ने भएकोले भोगमा ल्याउँन सरकारले पहल गर्नु पर्ने कुरामा सिहको जोड थियो ।  उनले “नेपाली भुमी एक इन्च पनि कसैले मिचेको छ भने फिर्ता हुनुपर्छ” र जनता समाजवादी पार्टी त्यसकाे पक्षमा रहेको वताउनु भयो । सिमा कसैले मिचेको छ भने त्यो हामी पनि सहन सक्दैनौ । तर सरकारले त्यस कुरालाइ राजनिति एजेञ्डा बनाएकाे बताए ।

एक फरक प्रसंगमा सिंहले वीरगन्ज महानगरको विकासको सवालमा आफु सबैसँग सहकार्य गर्न सक्ने वताउँदै आफु विकास बिरोधी नरहेको वताउँनु भयो । तर कहि कतै भ्रष्टाचार भएको छ भने त्यसको भण्डाफोर आफुले विगतमा पनि गरेको र अगामी दिनमा पनि गरी नै रहने वताउनु भयो । निति निर्माताहरुको अधुरदर्शिताका कारण वीरगन्जको विकास हुन नसकेको वहाँले बताउनु भयो ।

कोरोनाको महामारीका कारण पुरै देश लकडाउनमा रहेको वेला समाज सेवामा सकृय रहेका पर्साका चर्चिता युवा नेता राजेशमान सिहसँग हामीले नेपाल पोष्ट मिडिया प्रालि द्वारा संचालित एनपी टिभिको लागि कुराकानी गरेको छौं । पुरा अन्तरवार्ता सुन्नको लागि भिडियोमा किलिक गर्नु होला ।

spot_img

ताजा अपडेट

लोकप्रिय