काठमाडौं,२६ जेठ । सरकारले निजामती सेवा सम्बन्धी नियमावलीमा संशोधन गर्दै १६औं संशोधन नियमावली–२०८३ स्वीकृत गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा उक्त नियमावली पारित गर्ने निर्णय गरेको हो।
सरकारले प्रशासनिक प्रणालीलाई समयानुकूल बनाउने र सेवा प्रवाहलाई प्रभावकारी बनाउन नियमावली संशोधन गरिएको जनाएको छ।
संशोधनले निजामती सेवामा कार्यसम्पादन, व्यवस्थापन र प्रक्रियागत सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यससँगै नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउने प्रक्रिया अघि बढ्ने सरकारको तयारी रहेको छ।




