सलह नियन्त्रणमा उदासिन सरकार, ठाेस कदम नचालिए समस्या झनै बल्झिने !

spot_img

वीरगञ्ज : काेराेनाभाइरसकाे प्रकाेप र नागिरक असन्तुष्टिका बिच अल्झिएकाे सरकारले सलह नियन्त्रणाका लागि कुनै ठाेस कदम चाल्न सकेकाे छैन ।

गत साता तराइका जिल्लामा प्रथम पटक देखिएकाे सलह हाल नेपालका २४ भन्दा बढी जिल्लाहरूमा पनि फैलिसकेकाे छ ।

कृषि मन्त्रालय अन्तर्गतकाे समितीले सलह नेपाल आउने सम्भावना निकै न्युन भएकाे बताएपनि सलह नेपाल प्रवेश मात्र हाेइन, यसले प्रकाेप देखाउन पनि सुरू गरेकाे छ ।

पश्चिम नेपालका केही जिल्लामा लगाइएका मकैबालि सलहले नष्ट पारिदिएकाे छ ।

‘६ महिना पुग्ने मकै आधा घण्टामै सखाप पार्याे’ प्युठानका कृषककाे भनाइ छ ।

सरकारले भने ठाेस कदम चाल्न नसक्दा समयस्या झनै बल्झिने देखिएकाे छ ।

संघ सरकारले अंग्रेजी गीतले सलहलाइ नियन्त्रण गर्ने भनेका छन् भने प्रदेशले प्रतिकिलाे सहलकाे मुल्य ताेकिदिएकाे छ ।

कसरी नियन्त्रण गर्ने सलह ? 
सलहलाइ माथि नियन्त्रण पाउनु आफैमा चुनाैतीकाे विषय हाे । झुण्डमा आक्रमण गर्ने यस्ता किराहरू प्राय वयस्य भइसकेपछि आफै मरेर जाने विभिन्न अनुसन्धान प्रतिवेदनहरूले देखाएकाे छ । लगभग ५ देखि ६ हप्ताकाे जीवन चक्र भएका यस्ता किराहरूलाइ मार्न कुनै निश्चित विषाधीकाे पत्ता लगाउन सकिएकाे छैन । तर, यसभन्दा अगाडी यस किरा माथि काबु नगरिएकाे पनि हाेइन ।
सन् १९३७ मा काेलाेराडाे नेशनल गार्डले न्युन गतिमा चलेकाे ट्रेनबाट किराहरूकाे झुण्डलाइ आगाेकाे लप्काले झुल्स्याएर मारेका थिए । यसभन्दा अघि सलहलाइ मार्न काेलाेराडाेका गार्डले विष्फाेटककाे पनि प्रयाेग गरेका रहेछन् । अफसाेश, विष्फाेटकले पनि मार्न सकेन सलहकाे झुण्डलाइ ।
क्यानेडाकाे समाचार संस्था नेशनल पाेष्टले सलहलाइ नियन्त्रण गर्नुकाे सबभन्दा सहज उपाय आफ्नाे बालिनालीलाइ सुरक्षीत राख्नु भएकाे बताएकाे छ । बेलाबेलामा बालिनालीमा विषाधीयुक्त आैषधी छरकिँदा पनि किराहरूकाे प्रकाेप न्युन भएर जान्छ ।
त्यस्तै सलह उपर नियन्त्रणाका अन्य सहज उपाय पनि छन् । सलहकाे हुललाइ तितरबितर पार्न आगाे बाल्ने, धुवाँ गर्नेजस्ता उपाय अपनाउन सकिन्छ । प्राकृतिक सिकारीहरू हाँस, माकुरा र छेपाराेले यसलाइ नष्ट पारदिन सक्छन् ।
सलह किराले एकै पल्टमा कराेडाैँ सलहरूलाइ जन्म दिन सक्ने भएका कारण यसले प्रजनन गर्न सक्ने सम्भावित ठाउँहरू नष्ट पार्ने । वातावरण सकेसम्म सफा राख्ने । बालिनालीका पातमा पिठाे छर्किँदा पनि यस माथि नियन्त्रण गर्न सकिन्छ ।
spot_img

ताजा अपडेट

लोकप्रिय