शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
17.1 C
Kathmandu
27.1 C
Birgunj

एन आई सी एशिया बैंककाे सुपर चमत्कारिक कर्जाकाे चमत्कारै चमत्कार : प्रकाशचन्द्र अधिकारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

गतिशिल बैंकिङ्गको अभ्यास गर्दै आएको एन आई सी एशिया बैंकले प्रदेश २ मा ४७ शाखा कार्यालयहरू, ३३ एटिएम, ४ वटा एक्स्टेन्सन काउण्टर एवं ७ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्घ सेवा दिईरहेको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मुल मन्त्रका साथ अघि बढिरहेको यस बैंकले हाल सार्वजनिक गरेको सुपर चमत्कारिक कर्जा योजनाको बारेमा बैंकका प्रदेश २ प्रमुख प्रकाशचन्द्र अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंश ।

- Advertisement -

१. एन आई सी एशिया बैंकले हाल सार्वजनिक गरेको कर्जासम्बन्धी नयाँ योजनाहरूबारे जानकारी गराइदिनुहोस् न ?

बैंकले समयअनुरुप ग्राहकमैत्री योजना ल्याउने क्रममा अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण तीन वटा सुपर चमत्कारिक कर्जाका योजनाहरू सञ्चालनमा ल्याएको छ । जसमा सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जाहरू रहेका छन्। अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण यी नयाँ कर्जा योजनाहरू नेपालकै बैंकिङ्ग क्षेत्रमा सर्वाधिक न्यून ब्याजदर ८.२५ प्रतिशत तथा प्रशासनिक शुल्क ०.२५ प्रतिशतमा उपलब्ध छन्। यस बाहेक कर्जा प्रवाह भएको एक वर्षसम्म ब्याजदर परिवर्तन नहुने र दोस्रो वर्ष पश्चात् बैंकको आधार दरमा प्रिमियम थप्दा हुन आउने ब्याजदर ८.२५ प्रतिशतसम्म भए सोही कायम रहने अन्यथा आधार दरमा नै कर्जाको ब्याजदर कायम हुने, ४८ घण्टाभित्रै कर्जाको निर्णय दिने, कर्जाको पूर्वस्वीकृति गर्न सकिने, घर कर्जाको हकमा वार्षिक रुपमा आफ्नो किस्ता आफै निर्धारण गर्न सकिने लगायतका सुविधाहरु सुपर चमत्कारिक कर्जामा रहेका छन्।

- Advertisement -

२. बजारमा बैंकहरूबीच रहेको तीब्र प्रतिपर्धा बीच एन आई सी एशिया बैंकले कसरी ग्राहकहरूलाई आकर्षित गर्ने रणनीति छ ?

हामीले हाम्रो बैंकमा आउनुहुनेग्राहक महानुभावहरुलाई वहाँहरूले चाहेको कर्जा सुविधा दिन कुनै कसुर छाड्ने छैनौं । सम्पूर्ण कर्जाहरूमा रहेकोसर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्क एवं द्रुत गतिमा कर्जा प्रवाह गर्ने, कर्जा लिएको एक वर्षसम्म ब्याजदर परिवर्तन नहुने, कर्जाको पूर्वस्वीकृति जस्ता सुविधाले ग्राहक महानुभावलाई आकर्षित गर्न हामी लागि परेका छौं । त्यसबाहेक सुपर चमत्कारिक घर कर्जामा किस्ता आफै निर्धारण गर्न सकिने सुविधा (Flexible EMI) र ५ वर्षको Moratorium अवधिले ग्राहक महानुभावहरूलाई थप आकर्षित गर्ने हाम्रो पूर्ण विश्वास छ । यसका लागि नेपालका अन्य बैंक तथा वित्तीय संस्थामार्फत कर्जा उपभोग गरिरहनुभएका महानुभावहरूले हामीले ल्याएको योजनामा आफ्नो कर्जा सजिलै स्थानान्तरण (SWAP) गर्न सक्नुहुनेछ ।

३. बैंकले ल्याएको  Fexible EMI life र ५ वर्षको  Moratorium अवधि भन्नाले के बुझिन्छ ?
ग्राहक महानुभावहरुले आफ्नो वर्तमान वित्तीय क्षमता तथा भविष्यमा आफुलाई उपलब्ध हुने आयस्रोतको आधारमा वार्षिक रुपमा आफ्नो मासिक किस्ता रकम आफै निर्धारण गर्न सक्ने गरी
उपलब्ध गराएको सुविधा नैFexible EMS life हो । यस अन्तर्गत ग्राहक महानुभावहरूले एक वर्षको लागि मासिक किस्ता निर्धारण गर्न सक्नुहुन्छ र सो एक वर्षको अवधिपश्चात् पुनः आफ्नो वित्तीय क्षमता भष्यिमा आउने आयस्रोतको आधारमा मासिक किस्ता निर्धारण गर्न सक्नुहुन्छ । उदहारणको लागि कुनै कर्जाको हाल सामान्य अवस्थामा EMI रू. १५,००० लाग्ने किस्तामा ग्राहक महानुभावले आफ्नोआम्दानीको नगद प्रवाह हेरी ब्याज रकम तथा केही साँवा तिर्नेगरी रू. १०,००० हुने रहेछ भने उक्त म्यादमा तिर्न सक्नेछ र दोस्रो वर्षमा रोजगारीको आम्दानी तथा अन्य आम्दानीमा थप बृद्धि भई नगद प्रवाह भएमा हाल कायम भएको रू. १०,००० किस्तालाई बढाएर रू. २०,००० पनि पु¥याउन सकिने गरी Flexible EMI कोव्यवस्था गरिएको छ ।

Moratorium अवधि भनेको घर निर्माण हुँदै गरेको अवस्थामा नगद प्रवाह व्यवस्थापन गर्नका लागि ग्राहक महानुभावले कर्जाको साँवाको किस्ता तिर्न नपर्ने अवस्था हो । बैंकले अधिकतम ५ वर्षको निमित्त Moratorium अवधिको व्यवस्था गर्नेछ र यस अवधिबीच ग्राहक महानुभावले बैंकलाई केबल कर्जाको ब्याजमात्र तिर्दा हुन्छ ।

४. घर कर्जा प्राप्त गर्न आवश्यक अन्य जानकारीहरू के के रहेका छन् ?
न्यूनतम ५ वर्ष देखि अधिकतम ३० वर्ष (Moratorium period ५ वर्ष समेत गरी) घर कर्जाको समयावधि कायम गरिएको छ भने अधिकतम रू.१ करोड ५० लाखसम्म कर्जा सीमा कायम गरिएको छ । जस अन्तर्गत अधिकतम रू.५० लाखसम्मको ओभरड्राफ्ट सुविधा समेत लिन सकिने व्यवस्था गरिएको छ । कर्जा पूर्ण रुपमा भुक्तानी तथा आशिंक चुक्ता गर्दा बैंकले कुनै किसिमको उचभउबथmभलत शुल्क लिने छैन । यस बाहेक पूर्व कर्जा स्वीकृत गराएर घर÷जग्गा खरिद तथा निर्माण सुरु गर्न सकिने तथा पहिलो पटक घर खरिद÷निर्माण गर्दा धितोको बजारमूल्यको ७० प्रतिशतसम्मको कर्जा सुविधा बैंकले दिने व्यवस्था छ ।

५.सवारी कर्जामा ग्राहकलाई आकर्षित गर्नका निम्ति के के योजनाहरू ल्याएको छ, बैंकले ?
सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी र विद्युतीय सवारीको लागि ग्राहक महानुभावहरुले कर्जा प्राप्त गर्न सक्नु हुनेछ । अन्य बैंकमार्फत सवारी कर्जा उपभोग गरिरहनुभएका महानुभावहरुले यस बैंकको सुपर चमत्कारिक सवारी कर्जा अन्तर्गत आफ्नो कर्जा स्थानान्तरण (क्ध्ब्ए) गर्न समेत सक्नुहुनेछ । यस योजनाअन्तर्गत अधिकतम रू. २ करोड कर्जा सीमा कायम गरिएको छ । सवारी धितो राखेको हकमा कर्जा अवधि अधिकतम १० वर्षसम्म र सवारी तथा रियलइस्टेट दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ ।

६. सुपर चमत्कारिक सवारी कर्जा के कति कारणले ग्राहकको पहिलो रोजाइ हुने अपेक्षा गर्नुभएको छ ?

मैले माथी नै उल्लेख गरे जस्तै सुपर चमत्कारिक कर्जाहरुमा सर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्क रहेकोले यसले ग्राहकहरुलाई आफ्नो वित्तीय भार कम गर्न निकै सहयोग पु¥याउनेछ । बजारमा कुनै विशेष ब्राण्डका सवारी साधनलाई मात्रै कर्जा उपलब्ध भइरहेको अवस्थामा हामी ग्राहक महानुभावको छनौट अनुसार जुनसुकै ब्रण्डका सवारी साधनको लागि यस सुपर चमत्कारिक सवारी कर्जा लिन सकिने व्यवस्था गरिएको छ । रातो नम्बर प्लेटका निजी÷ व्यवसायिक÷ विद्युतीय नयाँ सवारी साधन खरिद गर्न तथा रातो नम्बर प्लेटका पुराना सेकेन्ड ह्यान्ड सवारीसाधन खरिद गर्नका लागि समेत कर्जा लिन सक्नुहुनेछ । घर र गाडी कर्जालाई बन्डल गरेर समेत ग्राहकहरुले कर्जाको यो सुविधा लिन सक्नुहुनेछ । यदि गाडी जापनिज वा युरोपियन ब्राण्डको हो भने १० वर्षको लागि र गाडीअन्य देशमा बनेको हो भने ८ वर्षसम्मको लागि सुपर चमत्कारिक सवारी कर्जा उपलब्ध छ । त्यस्तै घर वा जग्गा धितोको रुपमा प्रदान गरेको आवस्थामा कर्जाको अवधि अधिकतम १५ वर्षसम्म पनि गर्न सकिनेछ र ५०% मयधल payment मा यस सवारी कर्जा सुविधा लिन सकिन्छ ।

७. के सुपर चमत्कारिक सवारी कर्जा सुविधा सेकेन्ड ह्यान्ड सवारी साधनमा पनि उपलब्ध छ ?

पक्कै पनि सेकेन्ड ह्यान्ड सवारी साधनमा पनि यो सुविधा उपलब्ध छ । बैंकको सुचिकृत मूल्यांकन कर्ताबाट मूल्यांकन गरिसकेपछि मात्रै यो सुविधा उपलब्ध हुन्छ । बजार मूल्यको ५० प्रतिशत वा सुचिकृत मूल्यांकन कर्ताबाट गरिएको मूल्यांकन रकम मध्ये जुन कम हुन्छ सो रकम वरावर हुने गरी अधिकतम रू १ करोडसम्मको कर्जा लिन सकिन्छ । तर, सेकेन्ड ह्यान्ड सवारी जापानीज वा युरोपियन ब्राण्डको हो भने ८ वर्षको लागि र अन्य देशमा बनेको हो भने ६ वर्षसम्मको लागि सुपर चमत्कारिक सवारी कर्जा प्राप्न गर्न सकिन्छ ।

८. बैंकले व्यवसाय कर्जाका ग्राहकहरूलाई तन्न कस्ता आकर्षक योजना ल्याएको छ ?

देशमा रहेका साना तथा मझौला उद्योग व्यवसाय कोरोना भाइरस नियन्त्रणका निमित्त जारी गरिएको लकडाउका कारण अत्याधिक प्रभावित भएका छन्। यसकारण अर्थतन्त्रलाई समेत प्रत्यक्ष असर पारेको छ । एन आई सी एशिया बैंकले यही अवस्थालाई मध्यनजर गर्दै साना तथा मझौला उद्योग व्यवसाय लक्षित सुपरचमत्कारिक व्यवसाय कर्जा ल्याएको हो । जसअन्तर्गत उद्योगी तथा व्यवसायीहरुले आफ्नो व्यवसायको आवश्यकता अनुसार आवधिक कर्जा तथा ओभरड्राफ्ट मिश्रित रुपमा उपभोग गर्न सक्नुहुनेछ र यस्तो कर्जा सीमा अधिकतम रू. १ करोडसम्म निर्धारण गरिएको छ । यस्तो योजनाबाट विषम परिस्थितिमा समेत लगानीको वातावरण बनाउन आमसर्वसाधारणलाई थप प्रोत्साहन तथा प्रेरणा मिल्नेछ ।

९. बैंकबाट यसअघि नै ब्यवसाय कर्जा उपभोग गरिरहेका व्यवसायीहरुले आफ्नो नाममा सवारी साधन खरिद गर्दा कति ब्याजदर तथा प्रशासनिक शुल्क तिर्नुपर्छ ?

यदि कुनै व्यक्तिले यस बैंकबाट यसअघि नै व्यवसाय कर्जा उपभोग गरिआउनुभएको छ भने वहाँले आफ्नो फर्मको नाममा सवारी साधन आवश्यक परेको अवस्थामा सुपर चमत्कारिक कर्जाअनुरुप सर्वाधिक ८.२५% ब्याजदर एवं ०.२५% प्रशासनिक शुल्कमा सवारी साधन गरिद गर्न कर्जा प्राप्त गर्न सक्नुहुनेछ ।

१०. कर्जा नवीकरण गर्दा कति ब्याजदरको भागीदार ऋणीहरू हुन्छन् ?

ओभरड्राफ्ट तथा व्यवसाय कर्जा उपभोग गर्नुभएका ग्राहक महानुभावहरूले वार्षिक रुपमा कर्जा नवीकरण गर्नुपर्ने हुन्छ । वर्तमान अवस्थामा नवीकरण गर्दा हालको बेस रेटमा ब्याज तय गरिन्छ । जुन अहिले ८.२२ प्रतिशत रहेको छ र सीमित अवधीको लागि मात्र तय गरिएको हो ।

११. तीन वटै कर्जा सुविधाहरूमा ब्याजदर १ वर्षसम्मको लागि फिक्स भन्नुभएको छ । यो परिवर्तन नहुने बारे ग्राहक कसरी विश्वस्त हुने ?

बैंकले कर्जा लिएको १ वर्षसम्म ब्याजदरमा कुनै परिवर्तन नआउने बाचा गरेको छ । यसको व्यवस्था बैंकले ऋणीलाई कर्जा प्रवाह गर्दा नै १ वर्षसम्म ब्याजदर परिवर्तन नगर्ने कर्जाको अफर पत्रमा उल्लेख गर्नेछ । त्यसबाट ग्राहकहरु आगामी एक वर्षसम्म ब्याज नबढ्ने कुरामा विश्वस्त हुन सक्नुहुनेछ । त्यसैले १ वर्ष ब्याजदर नबढ्ने प्रतिबद्धता पत्र नै कर्जा स्वीकृति गर्दा ग्राहकलाई बैंकले उपलब्ध गराउनेछ । उक्त पत्रमा कर्जाको पहिलो वर्षको ब्याजदर र एक वर्ष पछिको ब्याजदर के कति कायम रहने भन्ने प्रष्ट उल्लेख गरिएको हुन्छ । १ वर्ष पश्चात बैंकको आधारदरमा प्रिमियम थप्दा हुन आउने ब्याजदर पहिलो वर्षको जति नै अर्थात्८.२५ प्रतिशतसम्म भए सोही कायम रहने छ, अन्यथा बैंकको एक वर्ष पछिको आधारदरमा नै कर्जाको ब्याजदर कायम हुनेछ । जस्तै १ बर्ष पछि बैंकको आधारदर ७.५% छ भने कर्जाको ब्याज ७.५% मा ०.७५% प्रिमियम जोडेर ८.२५% हुन्छ । तर यदि बैंकको आधारदर एक वर्ष पछि ८.५% भएमा कर्जाको ब्याज पनि आधारदरसँग बराबर अर्थात्८.५% नै हुन्छ ।

१२. घर वा घर र जग्गा धितो राखेर कर्जा लिन सकिन्छ ?

ग्राहक महानुभावहरूले कर्जाको धितो बापत आफ्नो घर वा घर र जग्गा दुबै जमानीमा राखेर कर्जा प्राप्त गर्न सक्नुहुन्छ । तर यसका निमित्त ग्राहक महानुभावहरूले आफ्नो नाममा भएको घर वा घर र जग्गा दुबै धितोमा राखेर आवधिक कर्जा उपभोग गर्न सक्नुहुन्छ । यसका लागि बेस रेट बराबर बैंकले ब्याजदर कायम गर्नेछ ।

१३. यस सुपर चमत्कारिक कर्जाको बारेमा ग्राहकलाई अझै बढी जिज्ञासा भएमा बैंकलाई कहाँ र कसरी सम्पर्क गर्न सकिन्छ ?

कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहक महानुभावहरूको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्न बैंकका शाखा कार्यालयहरू तत्पर रहेका छन्। यसबाहेक बैंकको केन्द्रीय कार्यालयमा स्थापनि गरिएकोे एकद्वार प्रणालीको ‘कर्जा सहायता केन्द्र’ मा ग्राहक महानुभावहरूले मुख्य रुपमा कर्जा सम्बन्धी धारणा राख्न सक्नुहुन्छ । यस ‘कर्जा सहायता केन्द्र’बाट ग्राहक महानुभावहरूले आफ्नो कर्जा लिने योग्यता, कर्जाको, ब्याजदर, नवीकरण, नयाँ कर्जा लगायतको सम्बन्धमा सम्पूर्ण जानकारी तथा समाधान घरमै बसेर प्राप्त गर्न सक्नुहुनेछ । ग्राहक महानुभावहरूले ‘कर्जा सहायता केन्द्र’ को Missed Clla Banking नम्बर ९८०१२२७७५५ मा मिस्डकल गरी वा Help टाइप गरी ३४४८८ मा एसएमएस SMS मार्फत वा बैंकको वेबसाइट www.nicasiabank.com मा राखिएको Feedback Form मा आफ्नो कर्जा सम्बन्धी कुनैपनि जिज्ञासा वा गुनासो लेखेर पठाउन सक्नुहुनेछ ।

त्यसबाहेक बैंकको टोल फ्रि नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी बैंकको प्रतिनिधिसँग सिधा कुरा गर्न सकिने व्यवस्था बैंकले गरेको छ । कोरोना भाइरसको विषम परिस्थितिमा देशको समग्र अर्थतन्त्रको पुनरुत्थान र सबलीकरणमा टेवा पु¥याउने मनशायले बैंकले सर्वाधिक न्यून ब्याजदरमा सम्पूर्ण ग्राहक महानुभावहरूको आवश्यकतालाई पहिचान गरी नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक आकर्षक कर्जा योजनाहरू ल्याईरहेको अवस्थामा ‘कर्जा सहायता केन्द्र’ ले ग्राहक महानुभावहरूलाई अझ सहज तथा सुविधा पुग्ने बैंकले विश्वास लिएको छ । यस उद्देश्यअनुरुप ग्राहक महानुभावहरूले जुनसुकै स्थान र माध्यमबाट जुनसुकै समयमा पनि आफ्नो कुरा राख्नसक्ने व्यवस्थालाई प्रभावकारी तथा ग्राहकमैत्री बनाउदैलैजाने बैंकको सोच रहेको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार