बीरगन्ज,१२ साउन । बीरगन्जको शंकराचार्य गेटमा १ सय १० फिट अग्लो फ्ल्याग टावर स्थापना गरेका पर्सा क्षेत्र नं. १ का सांसद प्रदिप यादवले यसले पुरा नेपालीलाई गर्वको अनुभुति दिने बताउनु भएको छ ।
राष्ट्रियताको सवालमा मधेशीलाई कसैलाई पनि सर्टिफिकेट दिनु नपर्ने बताउँदै नेता यादवले नेपाल–भारत सम्बन्धमा कहिले पनि चिसोपना नआउने दाबी गर्नुभयो । नेपाल पोष्ट मिडिया प्रा.लि. द्वारा संचालित एनपी टिभीसँग कुराकानी गर्दै जनता समाजवादी पार्टीका नेता यादवले नेपालमा पहिलो पटक बीरगन्जमा नौलो किसिमको फ्ल्याग टावरको स्थापना भएको बताउनुभयो ।
उहाँले केही व्यक्तिहरुले सत्ता टिकाउनको लागि नेपाल–भारत सम्बन्ध बिगार्न खोजेको बताउँदै केही दिनमा यी सबै तिक्तताहरु हराएर जाने दाबी गर्नुभयो । पछिल्लो समयमा देखिएको नेपाल–भारत विवाद ढोल पिटेर अथवा तबला बजाएर समाधान नहुने भन्दै नेता यादवले उच्च स्तरीय छलफलबाट समस्या समाधान हुने ठोकुवा गर्नुभयो ।
कोरोनोको नियन्त्रणको सन्दर्भमा नेता यादवले सबै जना मिलेर कोरोना महामारी विरुद्ध लड्नु पर्ने बताउनुभयो । कोरोना नियन्त्रणको लागि आफु कुनै किसिमको सहकार्य गर्न तयार रहेको बताउनुभयो । कोरोनामा कसैले राजनीति गर्न नखाजेको भन्दै नेता यदवले संघीय सरकारबाट उपलब्ध हुने सबै किसिमको सहयोग पर्सालाई उपलब्ध गराउन पहल गर्ने बताउनुभयो । कोरोना नियन्त्रणको लागि पर्सामा सर्वपक्षिय सहमतिमा काम गर्नु पर्ने कुरामा यादवले जोड दिनुभयो ।
“निषेधाज्ञा जारी भयो अब परिक्षणको दायरा बढाउनु पर्छ” सांसद यादवले जोड दिनु भयो ।
उहाँको पुरा अन्र्तवार्ता सुन्नको लागिको लागि भिडियोमा क्लिक गर्नुहोस्

