बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

आज – ०६ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ योजना कार्यान्वयनमा...

पर्सा प्रहरीद्धारा १८ लाखका...

बीरगन्ज,०५ वैशाख । पर्साबाट प्रहरीले १८ लाख मूल्य बराबरकाे सामानसहित पशुचौपाया पक्राउ...

नाकाबन्दीमा भारतले सहयोग नगर्दा...

काठमाडौँ,०५ वैशाख । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले २०७२ सालको नाकाबन्दी भारतले...

खाडी क्षेत्रमा २५४ मिलिमिटरसम्म...

काठमाडौँ,०५ वैशाख । खाडी क्षेत्रमा भीषण वर्षाका कारण जीवन अस्तव्यस्त भएको छ। यूएईमा...
28.1 C
Kathmandu
38.4 C
Birgunj

सम्पन्न भयो शालिमार सिमेन्ट ट्यालेन्ट क्वेस्ट २०२०

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १९ पुष । शालिमार सिमेन्टद्वारा आयोजित “शालिमार सिमेन्ट ट्यालेन्ट क्वेस्ट २०२०“ सम्पन्न भएको छ ।
भर्चुवल माध्यमबाट आयोजित ट्यालेन्ट क्वेस्टको अन्तिम राउण्डमा शनिबार सम्पन्न भएको हो । अन्तिम राउण्डमा उत्कृष्ट प्रस्तुति गर्ने सौगात आचार्य प्रथम भएका थिए । उनलाई ५० हजार रुपैयाँ नगदबाट पुरस्कृत गरिएको आयोजकले जनाएका छन् ।

- Advertisement -

त्यसैगरी दोस्रो स्थान प्राप्त गर्ने त्रिष्णा पाण्डेलाई २५ हजार रुपैयाँ र तेस्रो बीजेता सुभास रमदानलाई १५ हजार रुपैयाँले पुरस्कृत गरिएको थियो । एक महिना देखि शालिमार सिमेन्टको फेसबुक पेजमा चल्दै आएको यस कार्यक्रममा लगभग सय जना प्रतियोगिहरुले गायन, अयाक्टिङ, मिमिक्री, स्टयाण्डप कमेडी तथा कविता जस्ता विधामा आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।

यस कार्यक्रममा नेपाल भरिकै सम्पूर्ण ठाउँबाट डिजिटल मिडियाको सहयोगबाट जोडिएका थिए । देश मात्रै नभइ विदेशबाट समेत सहभागीहरुले कार्यक्रममा सहभागिता देखाएका थिए । कोरोना महामारीको समयमा एउटा साकारात्मक उर्जा छर्ने उद्द्येश्य लिएर शालिमार सिमेन्टले घर बसि(बसि आफ्नो प्रतिभा देखाउन मिल्ने कार्यक्रमको सुरुवात गरेको थियो । कार्यक्रममा सबै प्रतिषपर्धिहरुले सुरुको चरणमा आफ्नो घरबाटै आफु भित्र रहेको प्रतिभाको भिडियो बनाई फेसबुक पेजमा राखेका थिए ।

- Advertisement -

सुरुवाती चरणमा प्रतिस्पर्धिहरुमध्ये सार्वाधिक लाइकका आधारमा मूख्य १५ जनालाई छानिएको थियो र फाइनल राउण्डको लागि चयन गरिएको थियो । साथै ३ जना प्रतियोगिहरुलाई वाइल्ड कार्ड मार्फत दास्रो चरणमा प्रवेश गराइएको थियो ।
फाइनल राउण्डमा पुग्नु भएका सम्पूर्ण प्रतियोगिहरुले जुन एप मार्फत आफ्नो प्रतिभा यस कार्यक्रमका निर्णायक मण्डलीका रुपमा रहेका धुरमुर र सुन्तली सामु देकाएका थिए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार