बाँके ।तिब्र रुपमा फैलिएको कोरोना संक्रमणका कारण बाँकेको दोस्रो ठुलो शहर कोहलपुरमा पनि लकडाउन गरिने भएको छ । कोहलपुर नगरपालिकाको कोभिड नियन्त्रण तथा व्यवस्थापन समितिको आज बसेको आकास्मिक बैठकले स्थिति भयावह हुने भएकाे भन्दै भोलिराति अाइतबार राति १२ बजे देखि लकडाउन गर्ने निर्णय गरेको हो ।
संक्रमण दर बढ्न थालेपछि भिडभाड रोक्न लकडाउन गर्नु परेको कोहलपुर उपमहानगरपालिकाका उपमेयर संजुकुमारी थारुले जानकारी दिनुभयो ।
कोरोनाको चेन ब्रेक गर्न लकडाउनको विकल्प नभएको बैठकले निष्कर्ष निकालेको पनि उहाँले जानकारी दिनुभयो ।




