काठमाडौं, ०४ असार । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्री बनेपछि आफ्नो नियमित कार्यक्षेत्रसँगको सम्पर्क केही हदसम्म टुटेको बताएका छन्।
उनले मन्त्री भएपछि संसद र अन्य सरकारी जिम्मेवारीका कारण आफूले पहिले गर्दै आएको ‘प्रिय क्लास’ जस्तो काम निरन्तर गर्न नसकेको भन्दै असहजता व्यक्त गरेका छन्। यस क्रममा उनले समय व्यवस्थापनका कारण भएको कमीप्रति क्षमासमेत मागेका छन्।
मन्त्री पुनका अनुसार उनको मन्त्रालयलाई करिब ४ अर्ब रुपैयाँ बजेट प्राप्त भएको छ, जसमध्ये झन्डै साढे ३ अर्ब रुपैयाँ अझै अबन्डा अवस्थामा रहेको छ। उक्त बजेटका कार्यक्रमहरू निर्माणको काम बाँकी रहेको उनले जानकारी दिए।
उनले मन्त्रालयको बजेटलाई प्रभावकारी रूपमा उपयोग गर्न कार्यक्रमगत योजना तयार गर्ने काम भइरहेको पनि बताएका छन्।




