काठमाडौं, २५ बैशाख- मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा प्रदेश १ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । देशका अन्य केही भू-भागमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षा हुने सम्भावना छ ।
आज प्रदेश १, प्रदेश २, बागमती र गण्डकीलगायतका प्रदेशमा बदली हुने छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भू-भागनजिक रहेको पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्प युक्त हावाको प्रभाव रहेको महाशाखाले जनाएको छ ।
भोलि देशका अधिकांश स्थानमा बदली रही केही स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षा हुन सक्ने छ ।
सोमबार देशका अधिकांश स्थानमा बदली रही केही स्थानमा वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

