आजको मौसम : अधिकांश स्थानमा बादल लाग्ने, केही स्थानमा वर्षा हुने

spot_img

काठमाडौं, ८ जेठ- आज देशका अधिकांश स्थानमा बदली हुने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २ लगायतका भू-भागमा मेघ गर्जनसहित वर्षा हुन सक्ने छ ।

आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने छ ।

हाल नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणालीका साथै भारतको उत्तरप्रदेश आसपासमा रहेको न्युनचापिय क्षेत्रको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

भोलि देशका अधिकांश भू-भागमा बदली रहने छ। पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने छ ।

सोमबार देशका केही स्थानमा बदली हुने छ । प्रदेश १ र बाग्मती प्रदेशका केही भू-भागमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय