शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
17.1 C
Kathmandu
27.1 C
Birgunj

आज अति भारी वर्षा र उच्च बेगको हावाहुरीको सम्भावना

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, १४ जेठ- मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकास भएको ‘यास’ चक्रवातले नेपालमा उच्च वेगको हावाहुरीसँगै अति भारी वर्षा गराउन सक्ने भएकोले सतर्क रहन आग्रह गरेको छ ।

- Advertisement -

महाशाखाले शुक्रबार जारी गरेको मौसम पूर्वानुमानका अनुसार चक्रवात भारतको पूर्वी क्षेत्र उडिसा र पश्चिम बङ्गालमा अवतरण भएसँगै पश्चिम–उत्तरबाट पश्चिम सर्ने क्रममा कमजोर हुँदै न्यून चापीय क्षेत्रका रूपमा विकास भएकाले यसको सघन प्रभाव नेपालमा पर्ने भएको हो ।

चक्रवातबाट विकास भएको गहन न्यून चापीय रेखा नेपालको पूर्वी भूभाग हुँदै भित्रिएकोले बिहीबारदेखि नै विभिन्न क्षेत्रमा उच्च हुरीबताससँगै वर्षा गराएको छ । यो क्रम आगामी शनिबार दिउँसोसम्म कायम रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

- Advertisement -

महाशाखाले शुक्रबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहि धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित कतै हल्का र कतै मध्यम वर्षा भईरहेको जानकारी दिएको छ ।

यसैगरी, शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहि धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ।

यता, प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी, अति भारी वर्षा र उच्च बेगको हावाहुरीको सम्भावना रहेको छ।

भने, उच्च हिमाली र पहाडी भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात र वर्षा साथै गण्डकी प्रदेशका केहि स्थानहरूमा बागमती प्रदेश, प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका उच्च हिमाली र पहाडी भूभागका १र२ स्थानमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, राति पनि देशभर सामान्यदेखि पूर्ण बदलि रहि धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति, प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी, अति भारी वर्षा र उच्च बेगको हावाहुरीको सम्भावना रहेको छ।

त्यस्तै, राति उच्च हिमाली, पहाडी भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात, वर्षा र गण्डकी प्रदेशका केहि स्थानहरूमा बागमती प्रदेश, प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका उच्च हिमाली, पहाडी भूभागका १र२ स्थानमा भारी हिमपातको सम्भावना रहेको छ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार