सोमवार, साउन १८, २०७८

25.1 C
Kathmandu
29.9 C
Birgunj

जिराभवानी गाउँपालिकाका सवारी साधनमा जीपीएस जडान कार्य शुरु

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पर्सा, ०३ असार । सवारी साधनबाट हुने घटना न्यूनिकरणका लागि नेपाल सरकारले लागु गरेको ग्लोबल पोजिशन सिस्टम (जीपीएस) जडान कार्य जिराभवानी गाउँपालिकामा शुरु भएको छ ।

- Advertisement -

गाउँपालिकामा रहेका सम्पूर्ण सरकारी नम्बरका गाडीहरुमा जीपीएस जडान गर्ने कार्य शुरु भएको जिराभवानी गाउपालिकाका सरोज दासले बताए । पालिकामा रहेका सरकारी नम्बरका एक्साभेटर, ट्रिपर, ट्रयाक्टर, एम्बुलेन्स, कार तथा मोटरसाइकलमा जीपीएस जडान भइरहेको दासले बताए ।

- Advertisement -

सवारी साधनबाट हुने दुर्घटना, चोरी तथा कर्मचारी र जनप्रतिनिधिहरुबाट सरकारी गाडीको दुरुपयोग नियन्त्रणका लागि यो इन्टरनेट प्रणाली लागू गरिएको गाउँपालिका अध्यक्ष रामपृत महतोले बताए ।

जीपीएस सिस्टमबाट गाडी रहेका स्थानका बारेमा कार्यालयका हाकिमलाई मोबाइलमा इन्टरनेटको माध्यमबाट सजिलै जानकारी प्राप्त गर्न सक्ने र दुरुपयोग भए नभएको जानकारी पाउन र दुर्घटना न्युनीकरणको उदेश्यले यो प्रणाली लागु गरिएको अध्यक्ष महतोले बताए ।

जीपीएस सिस्टम जडानको जिम्मा पाएका ई फास्ट ट्रैक सोलुसन प्रा.ली.का फाउन्डर संतोष तामाङका अनुसार सरकारले सरकारी, संघ संस्था तथा निजी लगायत हरेक किसिमका साना तथा ठुला गाडीमा जीपीएस जडान गर्ने निति रहेको बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -