सोमवार, साउन १८, २०७८

25.1 C
Kathmandu
29.9 C
Birgunj

स्वास्थ्य मापदण्डको पालनागरी वीरगन्जमा मदिरा व्यवसाय सञ्चालन गर्न माग

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज, ०९ असार । वीरगन्जमा मदिराजन्य व्यवसाय सञ्चालन गर्न मदिरा व्यवसायीहरूले माग गरेका छन ।

- Advertisement -

लामो समयदेखि व्यवसाय बन्द हुँदा अन्य व्यवसायको जस्तै, बैंकको ब्याज, घरभाडा लगायत खर्च बढ्दा व्यवसाय धराशायी हुने अवस्थामा पुगेको र यस क्षेत्रमा कार्यरत लाखौँ कामदारहरु, तिनका परिवारहरुमा समेत आर्थिक संकट उत्पन्न भएको वीरगञ्ज फुटसेन्टरका संचालक जगदिश साहको गुनासो छ ।

- Advertisement -

निश्चित मापदण्ड तोकेर तुरुन्तैसञ्चालन गर्न दिन बीरगन्जका मदिरा व्यवसायीहरुले माग गरेका छन् । जटिल महामारीको संकटमा राज्यको निर्देशन मानेरै मदिरा व्यवसाय पूर्ण रुपमा बन्द गरिएको तर राज्यले अरु व्यवसाय सञ्चालन गर्न दिएर मदिरालाई प्राथमिकतामा नराखेको भन्दै तत्काल खुलाउन माग गरिएको छ ।

राज्यबाट निर्देशित स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी अन्य व्यवसायहरुजस्तै मदिरा व्यवसाय सञ्चालनका लागि आवश्यक व्यवस्थापन गरिदिन प्रमुख जिल्ला अधिकारी पराजुलीलाई आग्रह गरेको महासंघका अध्यक्ष सोनाम शेर्पाले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -