गायक सुनिल पंडितको गिती एल्बमको शुभमहुर्त गरिएको छ ।
वीरगंजस्थित गहवामाई मन्दिरमा ‘हम हई भोजपुरीया बाबू नेपालके’ एल्बमको शुभमहुर्त वीरगंजका उद्योगपति अशोक वैद्यले गरेका छन् । नेपाल भातर सहयोग मञ्चका अध्यक्ष समेत रहेका उद्योगी वैद्यले स्थानीय गायक सुनिल पंडितले नेपाल भारत वीचको रिती संस्कृति र कुप्रथामा अधारित रहेर एल्बम बनाउन लागेकोमा शुभकामना दिए ।
उनले एल्बममा नेपाल र भारतका कलाकारहरुको सहभागिताले पनि नेपाल भारत वीच बेटीरोटीको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।करिब साढे ३ लाखमा निर्माण गर्ने एल्बम अगामि फागुनमा रिलिज गर्ने लक्ष्य राखिएको छ ।
५ वटा गीत रहेको एल्बममा गायक सुनिल पंडित,शिल्पी राज,अन्तरासिंह प्रियकाको स्वर रहेको छ भने संगीतकार मनोज बन्टी र सन्तोष राजले संगीत भरेका छन् ।
शुभमहुर्तको अवसरमा स्थानीय गायक सोधा यादव,वीरगंजका कालाकार दीपनारायण शर्मा,कालकार धीरज पंडित,वरेन्द्र क्षेत्रीलगायत अतिथिहरुको समेत सहभागिता थियो ।

