spot_img

लागूऔषध सेवन गर्दै गरेको अवस्थामा र्‍यापर ‘लाउरे’ पक्राउ

spot_img
spot_img

काठमाडौं, १५ पुस । र्‍यापर आशिष राना(लाउरे) लाई प्रहरीले पोखराबाट पक्राउ परेका छन् ।

लागूऔषध सम्बन्धी कसूरमा उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले नेपाल पाेष्ट डेलीलाई जानकारी दिए । प्रहरीले रानासँगै उनका चार जना साथीलाई पनि पक्राउ गरेको जनाएकाे छ ।

‘लागूऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरेका हौं,’ थापाले भने, ‘यस विषयमा थप अनुसन्धान लागि म्याद थपपछि हुन्छ ।’ बिहीबार अदालत बिदा भएकाले शुक्रबार अनुसन्धानका लागि अनुमति लिएर थप प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय