जनमत पार्टीका ९ कार्यकर्ता पक्राउ

spot_img

पूर्व–पश्चिम राजमार्गस्थित चन्द्रनिगाहपुरबाट प्रहरीले सिके राउत नेतृत्वको जनमत पार्टीका ९ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

शुक्रबार बिहान ११ बजेदेखि चन्द्रनिगाहपुरको मुख्य चोकमा आन्दोलन गरिरहेकामध्ये ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । राजमार्गमा सवारी आवागमन अवरुद्ध हुनेगरी प्रदर्शन भएपछि बाध्य भएर उनीहरुलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रमुख एवं डिएसपी लिलाराज लामिछानेले बताए ।

राज्यले किसानको जायज मागलाई बेवास्ता गरेको भन्दै सिरहामा सुरु भएको किसान आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै जनमत पार्टीका कार्यकर्ता रौतहटमा पनि आन्दोलित भएका हुन ।

spot_img

ताजा अपडेट

लोकप्रिय