काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह चुनावपछि देशमा राम्रो दिनको सुरुवात हुने बताएका छन । अध्यक्ष ओलीले स्थानीय तह चुनावपछि आफ्नो पार्टी आउने र देशका लागि राम्रो दिनको सुरुवात हुने दाबी गरे ।
निर्यात उद्योग व्यवसायी महासङ्घ नेपालले आज सोमवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सङ्घीय संसद्को चुनावपछि भने आफ्नो पार्टी सरकारमा आउने भएकाले पूरै राम्रो दिन आउने जिकिर गरे । अध्यक्ष ओलीले भने , ‘स्थानीय तह चुनावपछि राम्रा दिन सुरु हुन्छ । पछिको चुनावबाट झ्याप्पै राम्रा दिन आउँछ ।’
ओलीले स्वदेशी वस्तुको उत्पादन गरी देशमा निर्यात व्यापार बढाउन पनि व्यवसायीहरूलाई आग्रह गरे उनले अनावश्यक क्षेत्रमा लगानी नगर्न र आफ्ना वस्तुहरूको बजारीकरणमा नेपालले जोड दिनुपर्ने आवश्यक्ता पनि औँल्याए ।
ओलीले देश रेमिट्यान्सले धानिएको उल्लेख गर्दै अब त्यसको भर पर्न नहुने पनि धारणा राखे ।

