मधेश सरकारले खरिद गरेका बस भएनन् हस्तान्तरण

spot_img

धनुषा , २१ चैत । करिब एक महिना अघि मधेस प्रदेश सरकारले खरिद गरेका पाँच वटा बस विभिन्न निकायलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । मन्त्रीपरिषदको बैठकबाट गरेको निर्णय लामो समय भइसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन ।

मन्त्रीपरिषदको बैठक बसेको चार साता बित्दा पनि बसहरु त्यस्तै थन्किएका छन् । प्रदेश सरकारले खरिद गरेको बस विभिन्न संघ संस्थाहरुलाई दिने निर्णय गरेको मधेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जानकारी दिए ।

मन्त्रीपरिषदको बैठकले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दुई वटा, कृषि विश्वविद्यालय, कृषि तालिम केन्द्र धनुषा र प्रदेश प्रशिक्षण केन्द्रलाई एक्र्एक वटा बस हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

पूर्वभौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले कार्यविधि नै नबनाई मधेश प्रदेशका विभिन्न जिल्लालाई जोड्ने गरी प्रदेश परिवहन बस खरिद गरेका थिए ।

त्यतिबेला प्रदेशको वीरगन्जदेखि राजविराजसम्म संचालनका लागि खरिद गरेका पाँच वटा बस आफै सञ्चालन नगरि संघ संस्थानलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा प्रदेश परिवहन सञ्चालन गर्ने योजना अनुसार बस खरिद गरेको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय