बीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले पदबाट राजीनामा दिएका छन् । स्थानीय तहको चुनावमा उम्मेदवार बन्न जनप्रतिनीधिले राजीनामा दिनैपर्ने सर्वाेच्चको निर्णय अनुसार सरावगीले पदबाट राजीनामा दिएका हुन् ।
सरावगीले महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीलाई बिहिवार बुझाएको राजीनामा शुक्रवार स्विकृत भएको छ । नेकपा एमालेबाट पुनः मेयरका उम्मेदवारसमेत रहेका सरावगीले निर्वाचन आयोगको आचारसंहिता अनुसार मनोनयन दर्ता हुने समयभन्दा अगाडी राजीनामा बुझाएका हुन् ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बैशाख ११ देखि १२ गतेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ ।




