काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ९४८ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा १ हजार ९४८ जनामा कोरोना पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ रहेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार १४० जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै कोरोना निको हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ।
त्यस्तै सोही अवधिमा २८ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १ हजार ३८९ पुगेको मन्त्रालयले जनाएको छ।




