बिहीबार पनि घट्यो सुन–चाँदीको भाउ, प्रतितोला कति?

spot_img

नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्ने क्रम जारी रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रुपैयाँ घटेको हो। बुधबार सुन प्रतिलोला पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

बुधबार छापावाल सुन प्रतितोला ९६ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा मूल्यमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय