बुधबार सुन तोलामा ५०० रुपैयाँ र चाँदी १० रुपैयाँले ह्रास, कतिमा हुँदैछ कारोबार ?

spot_img

काठमाडौं : बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेर ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९० हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, मंगलबार छापावाल सुन तोलाको ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो । यता, बुधबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर ११ सय ७० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला ११ सय ८० रुपैयाँ कायम रहेको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय