मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.9 C
Kathmandu
19.4 C
Kathmandu
25.3 C
Birgunj

राखी सावन्तका श्रीमान् पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

एजेन्सी । भारतीय अभिनेत्री एवं मोडल राखी सावन्तका पति आदिल खान दुर्रानीलाई ओशिवारा प्रहरीले पक्राउ गरेको छ ।

- Advertisement -

सोमबार राति राखीले आदिलविरुद्ध विवाहबाह्य सम्बन्ध (एक्स्ट्रा मैरिटल अफेयर) र ठगीको आरोप लगाउँदै उजुरी दर्ता गरेपछि मंगलबार आदिललाई राखीको घरबाट प्रहरीले पक्राउ गरेको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार आदिलले विवाहको नाममा आफूबाट सबै गहना र पैसा लिएको पनि राखीले प्रहरीलाई बताएकी छन् । प्रहरीमा उजुरी दर्ता गर्नुअघि राखीले आदिलको बारेमा सञ्चार माध्यमसँग कुरा गर्दै आदिलले आफूबाट आफ्नै घरको साँचो खोसेको र फिर्ता गर्न नमानेको बताएकी छन् ।

- Advertisement -

राखीले लामो समयदेखि आफूलाई आदिलले यातना दिइरहेको बताइन् । आदिलले आफूलाई बलिउडमा नाम कमाउन प्रयोग गरेका राखीले बताएकी छन् । आफूसँग भएको सबै पैसा लिएको र आदिल आफ्नी प्रेमिका तनुसँग बस्दै आएको राखीले दाबी गरेकी छन् ।

राखी र आदिलले गत महिना मात्रै अदालती विवाह गरेका थिए । आदिल २७ वर्षका हुन् र उनको कार व्यवसाय छ । आदिल र राखी मे २०२२ देखि एकअर्काको प्रेममा थिए ।

राखीकी आमाको केही दिन अघि मात्रै निधन भएको थियो । राखीकी आमालाई क्यान्सर र ब्रेन ट्युमर थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -