कविता : हार्दिक अपिल

spot_img

– बरुण बस्याल

 

 

 

 

 

मानिसले धैर्यता प्रकृति सङ सिक्नु पर्छ । 

रुख लाइ हेरौ ,

कति वर्षौ देखि एकै ठाउमा अडिएको छ । 

धर्ती लाइ हेरौ ,

अरबौ मान्छेहरुले कुल्चिदा पनि 

हार नमानेर,

भार नमानेर अडिएको छ । 

 

सोचलाइ आकास जस्तै खुल्ला बनाउ ।  

वायु जस्तै गोप्य बनौ । 

पानी जस्तै तरल बनौ । 

यसरी जिवन सरल बनाउ । 

 

लोभ ,माया ,इश्या, घमण्ड

यि सबै क्षणिक हुन|

त्यसैले अब दिर्घकालिन त्याग गरौ । 

 

सबै त्यागै 

तर 

अस्तित्व नत्यागौ । 

सहनशीलता र सरलता नत्यागौ । 

सम्मान , आदर्श र नैतिकता नत्यागौ । 

भक्तिभाव ,आस्था र राष्ट्रीयता नत्यागै । 

पुर्खाको नासो नत्यागौ । 

राष्ट्र नत्यागै ।  

नेपाल नत्यागौ ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय