शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
28.1 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

सर्लाहीको चार स्थानीय तहले दुई महिना बितिसक्दा पनि अझै ल्याएनन् बजेट

सिफारिस

काठमाडौं । सर्लाहीका चार स्थानीय तहले आर्थिक वर्ष २०८०८१ को बजेट अझै सार्वजानिक गर्न सकेका छैनन्। जिल्लाका २० स्थानीय तहमध्ये हरिपूर्वा र हरिवन नगरपालिका तथा चन्द्रनगर र बसरबरिया गाउँपालिकाले बजेट ल्याउन नसकेका हुन।

- Advertisement -

ती स्थानीय तहमा जनप्रतिनिधिबीचको आपसी द्वन्द्वका कारण नयाँ बजेट आउन नसकेको जनाइएको छ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार पालिकाले हरेक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यायको अनुमान गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

- Advertisement -

हरिपूर्वा नगरपालिकामा तालाबन्दी रहेका कारण बजेट ल्याउन नसकिएको नगर प्रमुख विनोद साहले जानकारी दिए।

चन्द्रनगर र बसबरिया गाउँपालिकामा बहुमत कार्यपालिका सदस्य आन्दोलनमा रहेका कारण बजेट आउन नसकेको हो भने हरिवन नगरपालिकामा पनि आपसी सहमति जुट्न नसक्दा नयाँ बजेट सार्वजानिक नभएको बताइएको छ।

जिल्लाका बाँकी अन्य नगरपालिका र गाउँपालिकाले चालु आर्थिक वर्षको बजेट ल्याइसकेका छन्। रासस

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -