Date
बिहि, माघ १५, २०८२
Thu, January 29, 2026
Date
बिहि, माघ १५, २०८२
Thu, January 29, 2026

बीरगन्जमा आजदेखि दोस्रो मधेश...

बीरगन्ज,१५ माघ  । मधेसको भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित बीरगन्जमा आजदेखि...

कांग्रेस पूर्वसांसदहरूको सर्वोच्च जाने...

काठमाडौँ,१५ माघ  । नेपाली कांग्रेसका पूर्वसांसदहरूले सर्वोच्च अदालत जाने तय गरिएको कार्यक्रम अन्तिम...

मोटरसाइकल नहरमा खस्दा एक...

चितवन,१५ माघ । भरतपुर महानगरपालिका–१४ राधापुरस्थित नहरमा गएराति मोटरसाइकल खस्दा एक जनाको मृत्यु...

गरिमा विकास बैंकका सुरक्षा...

पोखरा,१५ माघ । स्याङ्जाको बिरुवा गाउँपालिका–१ मा रहेको गरिमा विकास बैंकका सुरक्षा गार्डमाथि...
spot_img

गढीमाई मेलामा श्रद्धालुका लागि चौबिसै घण्टा शुद्ध खानेपानी व्यवस्था गर्न मन्त्री यादवको निर्देशन

spot_img

बारा,२३ मंसिर । खानेपानीमन्त्री प्रदीप यादवले ऐतिहासिक पञ्चवर्षीय गढीमाई मेलामा सहभागी हुने लाखौँ श्रद्धालु भक्तजनलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउन विशेष पहल गर्न निर्देशन दिएका छन्। उनले मेलाका दौरान चौबिसै घण्टा शुद्ध खानेपानी वितरण गरी भक्तजनलाई कुनै असुविधा नहुने सुनिश्चितता गर्न सम्बन्धित निकायलाई निर्देशन दिए।

मन्त्री यादवले बारा जिल्लाको बरियापुरस्थित गढीमाई मेलाको तयारीको क्रममा खानेपानी संस्थान बारा, कलैया शाखाले निर्माण गरेका पानीट्याङ्कीहरूको उद्घाटन गर्दै यस्तो निर्देशन दिएका हुन्। उनले मेलामा आउने भक्तजनको सुविधाका लागि खानेपानीको भरपर्दो व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।

“लाखौँ श्रद्धालु आउने यो मेलामा खानेपानीको समस्याले कुनै पनि भक्तजन प्रभावित हुनुहुँदैन। चौबिसै घण्टा शुद्ध र स्वच्छ पानी उपलब्ध गराउनुपर्छ,” मन्त्री यादवले भने। “धार्मिक मेला भएकाले यहाँ आउने भक्तजनलाई सुविधा दिने हाम्रो दायित्व हो।”

खानेपानी संस्थान, बारा कलैया शाखाका प्रमुख सञ्जीवकुमार यादवका अनुसार मेलामा सहभागी भक्तजनका लागि दुई–दुई हजार लिटर क्षमताका सात वटा पानीट्याङ्की निर्माण गरी वितरण कार्य सुरु गरिएको छ। ती पानीट्याङ्कीहरू मेलास्थलका विभिन्न सात स्थानमा राखिएका छन्।

“हामीले सात ठाउँमा दुई हजार लिटर क्षमताका सात ट्याङ्की राखेका छौँ। यी ट्याङ्कीबाट चौबिसै घण्टा भक्तजनलाई शुद्ध पानी उपलब्ध गराउने व्यवस्था गरिएको छ। यो कामलाई प्रभावकारी बनाउन एक टोली समेत खटाइएको छ,” प्रमुख यादवले भने।

मेलाको अवधिभर शुद्ध खानेपानी वितरण सुनिश्चित गर्न संस्थान प्रमुखसहित तीन जना कर्मचारी नियमित अनुगमन र व्यवस्थापनमा खटिनेछन्। यसैगरी, संस्थानले आपूर्ति सहज बनाउने उद्देश्यले आवश्यक पर्ने सबै सामग्री तयारी अवस्थामा राखेको जनाएको छ।

गढीमाई मेला पञ्च वर्षमा एकपटक आयोजना हुने ऐतिहासिक धार्मिक एवं सांस्कृतिक महत्वको कार्यक्रम हो। यो मेलामा देशविदेशबाट लाखौँ श्रद्धालु सहभागी हुने गर्छन्। मेलाको ठूलो जनसमुदायलाई मध्यनजर गर्दै सरकारले यसपटक पानी, सरसफाइ, स्वास्थ्य जस्ता आधारभूत सेवामा विशेष ध्यान दिएको छ।

मन्त्री यादवको निर्देशनअनुसार, मेलाका क्रममा कुनै पनि भक्तजनलाई खानेपानीको समस्या झेल्न नपर्ने सरकारले विश्वास दिलाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय