क्यानले एनपीएलको पुरस्कार राशी घोषणा, विजेताले १ करोड १० लाख पाउने

spot_img

काठमाडौं,०२ पुस । नेपाल क्रिकेट संघ (क्यान)ले जारी नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को आकर्षक पुरस्कार राशी घोषणा गरेको छ।

क्यानका अनुसार, एनपीएलको विजेता टोलीले १ करोड १० लाख रुपैयाँ पाउनेछ। उपविजेता टोलीले ५१ लाख रुपैयाँ हात पार्नेछ भने तेस्रो स्थान प्राप्त गर्ने टोलीलाई २५ लाख रुपैयाँ प्रदान गरिनेछ। चौथो हुने टिमले पनि १५ लाख रुपैयाँ पुरस्कारस्वरूप पाउनेछ।

एनपीएलको प्लेअफ चरणमा चार टोलीले स्थान बनाइसकेका छन्। सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्सले उपाधि भिडन्तका लागि तयारी गरिरहेका छन्।

बुधबार हुने एलिमिनेटर खेलमा चितवन राइनोज र कर्णाली याक्स आमनेसामने हुनेछन्। त्यसैगरी, पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्नेछन्।

क्यानको यो घोषणा संगै खेलाडी र टोलीको बीचमा थप उत्साह देखिएको छ भने एनपीएलको उपाधि होड झनै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय