spot_img

कपिल शर्मालाई ज्यान मार्ने धम्की

spot_img
spot_img

काठमाडौं,१० माघ । भारतका चर्चित कमेडियन तथा अभिनेता कपिल शर्मालाई पाकिस्तानबाट ज्यान मार्ने धम्की आएको खुलासा भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार कपिललाई इमेलमार्फत पठाइएको धम्कीमा आफूलाई ‘विष्णु’ नामले चिनाउने व्यक्तिले ८ घण्टाभित्र जवाफ नदिए गम्भीर परिणाम भोग्न चेतावनी दिएका छन्।

इमेलमा भनिएको छ, ‘हामीले तपाईंको हालैका गतिविधिहरू निगरानी गरिरहेका छौँ र विश्वास गर्छौँ कि यो संवेदनशील मामिलामा तपाईंको ध्यान आकर्षित गर्न महत्त्वपूर्ण छ । यो कुनै पब्लिसिटी स्टन्ट वा तपाईंलाई हैरानी गर्ने प्रयास होइन, हामी तपाईंलाई यो सन्देशलाई अत्यन्त गम्भीरता र गोपनीयताका साथ लिन आग्रह गर्दछौँ ।’

मुम्बईको अम्बोली पुलिस स्टेशनमा यस घटनासम्बन्धी एफआईआर दर्ता भएको छ भने प्रहरी अनुसन्धान अघि बढाइएको छ। धम्कीमा कपिलका पछिल्ला गतिविधिहरूलाई निगरानी गरिएको दाबी गर्दै सन्देशलाई गम्भीरताका साथ लिन भनिएको छ।

एनडीटीभीको रिपोर्टअनुसार कपिल मात्र होइन, बलिउडका अन्य कलाकारहरू रेमो डिसुजा, राजपाल यादव, र सुगन्धा मिश्रालगायतले पनि यस्तै प्रकारका धम्कीपूर्ण इमेलहरू पाएको खुलासा भएको छ।

प्रहरीले धम्कीको स्रोत पहिचान गर्न र घटनाको वास्तविकता पत्ता लगाउन सक्रियताका साथ काम गरिरहेको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय