पाकिस्तानमा सरकारी सेनाको कारबाहीमा ३० जना आतंककारी मारिए

spot_img

काठमाडौं,१३ माघ । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सरकारी सेनाको कारबाहीमा ३० जना आतङ्ककारी मारिएका छन् । सेनाले चलाएका तीन वटा अभियानका क्रममा शनिबार एकैदिन ३० जना आतंककारी मारिएको पाकिस्तानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सेनाले लक्की मारवाट, कराक र खैबर जिल्लामा गुप्तचरमा आधारित कारबाही अभियान चलाइरहेको छ । शनिाबर, लक्की मारवाटमा भएको कारबाहीमा १८ जना, कराक जिल्लामा आठ जना र खैबरमा दुई जना आतंककारी मारिएका हुन् ।

हतियार र गोला बारुदको ठूलो भण्डार पनि बरामद गरिएको सेनाले जनाएको छ ।ती क्षेत्रमा आतङ्कवादीहरूको उपस्थितिलाई हटाउन अभियान चलिरहेको छ ।पाकिस्तानको सेनाले देशबाट आतङ्कवादको खतरा हटाउन दृढ रहेको बताएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय