महाकुम्भ भागदौडमा नेपालका २ दर्शनार्थी सम्पर्कविहीन

spot_img

जनकपुर,१७ माघ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा लागिरहेको महाकुम्भ स्नानका क्रममा बुधबार बिहान भएको भागदौडमा सप्तरीका दुई जना सम्पर्कविहीन भएका छन् ।

तिलाठी कोइलाडी गाउँपालिका-१ की ६० वर्षीया सुनैनादेवी झा बुधबार बिहानदेखि महाकुम्भ मेलाबाट सम्पर्कविहीन भएको उनका छोरा ललित झाले बताए ।

४ दिनअघि सुनैनादेवीसहित ८ जनाको पारिवारिक समूह कुम्भ स्नानमा गएका थिए । यस्तै तिलाठी कोइलाडी-३ सकरपुराका ६५ वर्षीय बुलबुल खंग पनि बुधबार बिहानदेखि महाकुम्भ मेलास्थलबाट हराइरहेको वडाध्यक्ष रमेश मुखियाले बताए । परिवार र समूहका सदस्यले स्थानीय सुरक्षाकर्मीको समन्वयमा हराइरहेकाको खोजी भइरहेको छ ।

सप्तरी जिल्लाको विभिन्न स्थानबाट सयौँको संख्यामा तीर्थालुहरु महाकुम्भ स्नानमा गएका छन् । यहाँबाट अहिलेसम्म ५० भन्दा बढी बसमा तीर्थालुहरु महाकुम्भमा गएको बस बुकिङ गर्दै आएका विजय गुप्ताले बताए । यस्तै दैनिक रूपमा ५ वटादेखि १५वटासम्म स्कर्पियोमा महाकुम्भ जाने तीर्थालुहरु भारत जाने गरेको सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मी बताउँछन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय