काठमाडौं, ०८ फागुन । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य आज अस्पतालबाट डिस्चार्ज भएका छन्। पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहका क्रममा बेलुन विस्फोट हुँदा घाइते भएका उनलाई कीर्तिपुर अस्पतालमा उपचार गरिएको थियो ।
उनै घटनामा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल दुई दिनअघि नै अस्पतालबाट डिस्चार्ज भइसकेका थिए ।
मेयर आचार्यले सामाजिक सञ्जालमार्फत आफू अस्पतालबाट फर्किएको जानकारी दिँदै उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल परिवारलाई धन्यवाद व्यक्त गरेका छन् ।
उनले ‘समृद्ध पोखराको आधार, सबल अर्थतन्त्र र पूर्वाधार’ को लक्ष्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाउँदै निरन्तर सहयोग, साथ, र सुझावको अपेक्षा गरेका छन् ।




