spot_img

साताको अन्तिम दिन नेप्सेमा गिरावट, कारोबार रकम पनि घट्यो

spot_img
spot_img

काठमाडौं, ७ चैत्र । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १२.३८ अंकले घटेर २,६६९ अंकमा पुगेको छ। बजार घटेसँगै कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो दिन ५ अर्ब १४ करोड रुपैयाँको सेयर किनबेच भए पनि बिहीबार ४ अर्ब ५६ करोडमा सीमित रह्यो।

यस दिन कारोबार भएका कम्पनीमध्ये २५ प्रतिशत कम्पनीको सेयर मूल्य बढेको छ भने ६२ कम्पनीको मूल्य बढ्दा १७५ को घट्यो र ७ को स्थिर रह्यो। सेक्टरगत हिसाबले व्यापार क्षेत्रमात्रै ०.२६ प्रतिशतले बढ्यो, भने अन्य सबै सेक्टर ओरालो लागेको छ ।

सबैभन्दा धेरै गिरावट फाइनान्स सेक्टरमा देखियो, जसको मूल्य १.२६ प्रतिशतले घट्यो। त्यस्तै, बैंकिङ ०.४८, विकास बैंक ०.१८, होटल तथा पर्यटन ०.४८, हाइड्रोपावर ०.६९, लगानी ०.२२, जीवन बीमा ०.०४, उत्पादन ०.७०, माइक्रोफाइनान्स ०.६६, निर्जीवन बीमा ०.८९ तथा अन्य समूह ०.५९ प्रतिशतले घटेका छन् ।

उता, सबैभन्दा धेरै मूल्य वृद्धि गर्ने कम्पनीहरूमा दोल्ती पावर अगाडि रह्यो, जसको मूल्य ७.५ प्रतिशतले बढ्यो। एसियन हाइड्रोपावरको ५.४, सिन्धु विकास बैंकको ४.९, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ४.४, तथा स्वेतगंगा हाइड्रोपावरको ४.२ प्रतिशत वृद्धि भयो ।

तर, मिथिला लघुवित्त र भूगोल इनर्जीको मूल्य १० प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, सिन्धु विकास बैंक, युनाइटेड मोदी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावर शीर्ष पाँच स्थानमा रहे ।

spot_img

ताजा अपडेट

लोकप्रिय