spot_img

राजा ल्याउने षड्यन्त्रमा तीन ठूला दलहरू संलग्न छन् : सिके राउत

spot_img
spot_img

काठमाडौं,१२ चैत । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले ठूला तीन दल नै राजा ल्याउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।

समाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै राउतले भनेका छन्, ‘मलाई मात्रै यस्तो लागेको हैन होला, संवेदनशील भएर जानु पर्नेमा देशमा लोकप्रिय रहेका/भइरहेका सबैमाथि एक–एक गरी हमला गर्दै नेपाली काँग्रेस, नेकपा (एमाले), र माओवादीले नै ‘बर्डेन शिफ्टिङ’ का लागि राजा ल्याउने गरी माहोल बनाउँदै षड्यन्त्र गरेका हुन् कि ?’

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेको, रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीलाई अदालतमै बाँधिदिएको, राजावादीहरूको आन्दोलनलाई धेरै महत्व दिएर सरकारले नै माहौल बनाइदिएको आरोप लगाउँदै अध्यक्ष राउतले अझ पूर्व राजालाई पक्राऊ गर्ने भ्रमपूर्ण हल्ला फिजाएर केही जनतालाई झन् आक्रोशित बनाएको गुनासो गरेका छन् ।

चैत १५ गते समाजवादी मोर्चाले प्रदर्शन गर्ने भनेर मुठभेडको वातावरण बनाइदिएको भन्दै राउतले सरकारले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई भित्तामा पुर्याउने गरी चिढ्याएको, मधेस र थरूहटबाट उदाएका शक्तिहरूलाई मेटाउने गरी विधेयक ल्याउन लागेको जस्ता आरोप पनि लगाएका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय