बीरगन्ज,१६ चैत । आफ्ना नेता तथा कार्यकर्ताहरूको गिरफ्तारीको विरोधमा राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले आज बीरगन्जको घण्टाघर चोकमा विरोध प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा टायर बालेर नाराबाजी गरिएको थियो।
प्रदर्शनमा पार्टीका केन्द्रीय सदस्य अंगत ठाकुर, पर्सा जिल्ला उपाध्यक्ष अवध किशोर साह, विद्यार्थी युवा नेता दिपेश साहलगायतका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
विरोध सभालाई सम्बोधन गर्दै पार्टी नेताहरूले पक्राउ परेका नेता–कार्यकर्ताहरूको अविलम्ब रिहाइको माग गरेका छन्। साथै, उनीहरूलाई यथाशीघ्र नछोडिए भोलिदेखि बीरगन्ज बजार पूर्ण रूपमा बन्द गरिने चेतावनी दिएका छन्।
स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा राख्न सुरक्षाकर्मीको तैनाथी बढाएको छ। यद्यपि, प्रदर्शनकारीहरूले आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएका छन्, जसले वीरगञ्जको बजार र जनजीवन प्रभावित हुन सक्ने देखिन्छ।

