Date
बिहि, बैशाख ११, २०८२
Thu, April 24, 2025
Date
बिहि, बैशाख ११, २०८२
Thu, April 24, 2025

शिक्षकको जायज मागप्रति सरकार...

काठमाडौं, १० वैशाख । आन्दोलनरत शिक्षकहरूप्रति सरकार गम्भीर देखिएको छ। शिक्षकमाथि उठेका जायज...

सिंहदरबारमा अब बोतल र...

काठमाडौं,१० वैशाख । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले सिंहदरबार परिसरमा अबदेखि बोतल...

अब जुत्ता, चप्पल र...

काठमाडौं,१० वैशाख । अब बजारमा पाइने जुत्ता, चप्पल तथा औषधी र मेडिकल सामग्रीमा...

काठमाडौं महानगरको राजस्व ७...

काठमाडौं,१० वैशाख । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको बैशाख ७ गतेसम्ममा कुल ७...
spot_imgspot_imgspot_img
25.1 C
Kathmandu
31.1 C
Birgunj
spot_imgspot_imgspot_img

पोखरालाई खेलकुदको राजधानी बनाउने सरकारको प्राथमिकता : सञ्चारमन्त्री गुरुङ

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पोखरा,२३ चैत । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले पोखरामा ठूला खेलकुद पूर्वाधार निर्माण अपरिहार्य रहेको बताएका छन्।

- Advertisement -

शनिबार पोखरामा सुरु भएको केपी ओली कप राष्ट्रिय खुला टी–२० पुरुष क्रिकेट प्रतियोगिता को उद्घाटन गर्दै मन्त्री गुरुङले पोखरामा खेलकुद क्षेत्रको अपार सम्भावना रहेकोले यस क्षेत्रलाई खेलकुदको केन्द्र बनाउनेतर्फ सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

“पोखरालाई अन्तर्राष्ट्रियस्तरको खेलकुद गन्तव्य बनाउनु आवश्यक छ,” उनले भने, “विशेषगरी क्रिकेट र फुटबलजस्ता खेलका लागि पूर्वाधार विस्तार सरकारले प्राथमिकतामा राखेको छ।”

- Advertisement -

उनले पोखरा रङ्गशालास्थित क्रिकेट मैदानको स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षको बजेटमा सक्दो रकम विनियोजन गरिने बताउँदै, “खेलकुद मन्त्रालयबाट प्रस्ताव आउनासाथ त्यसलाई अगाडि बढाउन मेरो विशेष पहल रहनेछ,” भन्दै प्रतिबद्धता जनाए।

पोखरा रङ्गशालामा आयोजित प्रतियोगितामा सहभागी १६ टोलीले वैशाख ५ गतेसम्म प्रतिस्पर्धा गर्नेछन्। विजेता टोलीले रु १० लाख, उपविजेताले रु ५ लाख, साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताका उत्कृष्ट खेलाडी, बलर, ब्याट्सम्यान र ‘प्लेयर अफ द म्याच’लाई पनि नगद पुरस्कार प्रदान गरिनेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीका नाममा आयोजित यस प्रतियोगिता मदन भण्डारी स्पोर्ट्स एकेडेमी को आयोजनामा भइरहेको हो।

ताजा समाचार

spot_img

थप समाचार