spot_img

ट्रम्पको निर्णयले एप्पललाई राहत, स्मार्टफोन र कम्प्युटरमा शुल्क हटाइयो

spot_img
spot_img

काठमाडौँ, ३१ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने स्मार्टफोन, कम्प्युटर र अन्य प्रमुख इलेक्ट्रोनिक सामानमा लगाइएको शुल्क हटाउने निर्णय गरेका छन्। केही दिन अघि मात्र चीनबाट आयात हुने वस्तुमा ऐतिहासिक रुपमा १४५ प्रतिशतसम्मको शुल्क घोषणा गरेका ट्रम्पको यो निर्णय अप्रत्याशित रूपमा आएको हो।

अमेरिकाको कस्टम एण्ड बोर्डर पेट्रोल (CBP) ले जारी गरेको सूचनामा उल्लेख गरिएअनुसार, अब चीनबाट अमेरिका आउने स्मार्टफोन, पार्टपूर्जा, सेमीकण्डक्टर, सोलार ब्याट्री, टिभी डिस्प्ले, फ्ल्यास ड्राइभ र मेमोरी कार्डजस्ता वस्तुहरूमा शुल्क नलाग्नेछ।

यस निर्णयले सबैभन्दा बढी लाभ अमेरिकी कम्पनी एप्पललाई हुने अनुमान गरिएको छ। किनभने ९० प्रतिशतभन्दा बढी आइफोन चीनमा उत्पादन हुने गर्छन्। १४५ प्रतिशत शुल्क लागेमा १ हजार डलरको आइफोनमा झन्डै ७ सय डलरको आयात कर लाग्ने स्थिति थियो।

ट्रम्पको पछिल्लो घोषणासँगै इलेक्ट्रोनिक वस्तुहरूको मूल्यमा अपेक्षित वृद्धि टरेको छ र व्यापार युद्धको सम्भावना पनि केही हदसम्म न्यून भएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय