जबरजस्ती करणी आरोपमा फरार रहेका युवक सिरहाबाट पक्राउ

spot_img

सिरहा,२१ बैशाख । जबरजस्ती करणीको आरोप लागेका फरार प्रतिवादी बिवेक साहलाई प्रहरीले सिरहाबाट पक्राउ गरेको छ । बरियारपट्टी गाउँपालिका–१ का १९ वर्षीय साहलाई प्रहरीको संयुक्त टोलीले औरही गाउँपालिका–१ दरैया टोलबाट पक्राउ गरेको हो।

प्रहरीलाई प्राप्त सूचनाका आधारमा प्रहरी चौकी कचनारी र हर्कट्टीबाट खटिएको टोलीले लुकीछिपी बसेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी बिरेन्द्र कुमार पासवानले जानकारी दिए।

साहविरुद्ध जबरजस्ती करणी सम्बन्धी मुद्दा रहेको र जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय