spot_img

बलिउड स्टार नोरा फतेही काठमाडौंमा

spot_img
spot_img

काठमाडाैं,०३ जेठ । बलिउडकी चर्चित अभिनेत्री तथा डान्सर नोरा फतेही नेपाल आएकी छिन्। उनी आज साँझ बौद्ध टुसालस्थित हायात ग्राउन्डमा आयोजना हुने ‘नोरा फतेही लाइभ इन नेपालकार्यक्रममा प्रस्तुति दिनेछिन्।

नोरा फतेहीको प्रस्तुति रहेको विशेष सांगीतिक कार्यक्रम वल्र्डवाइड फिल्म्स नेटवर्क प्रालिको आयोजनामा भइरहेको हो। कार्यक्रमका लागि उनलाई नेपाल ल्याउन आयोजकले करिब करोड रुपैयाँ खर्च गरिएको जानकारी दिएको छ।

कार्यक्रममा नोरा फतेहीसँगै नेपाली सांगीतिक तथा नृत्य क्षेत्रका चर्चित अनुहारहरू पनि सहभागी हुँदैछन्। गायक दुर्गेश थापा, नृत्यांगना तेरिया मगर, ‘भ्वाइस अफ नेपाल’ की गायिका चन्द्रकला राईसहित पाँच जना नेपाली कलाकारले स्टेजमा प्रस्तुति दिनेछन्।

नोरा फतेहीको प्रत्यक्ष प्रस्तुति हेर्न राजधानीमा दर्शकहरू उत्साहित देखिएका छन्। कार्यक्रम साँझ टुसालको हायात ग्राउन्डमा हुने भएकोले दर्शकको ठूलो उपस्थिति हुने अनुमान गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय